मंगलबार, वैशाख २९, २०८३

हिरासतमा के गर्छन् सन्दीप?

भेट्न आएकासँग सामान्य गफगाफ गरे पनि अन्य कैदीबन्दीसँग उनको बोलचाल छैन। ‘खासै खुल्दैनन्, अलि विक्षिप्त देखिएका छन्,’ एक प्रहरी अधिकारीले बताए।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- क्रिकेटर सन्दीप लामिछाने १४ दिनदेखि गौशाला प्रहरी वृत्तस्थित हिरासतमा छन्। उनीविरुद्ध १७ वर्षीयाले २१ भदौमा उजुरी दिएपछि त्यसको एक महिनापछि २० असोजमा नेपाल आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

National life

हिरासतमा उनलाई अन्य कैदीबन्दीसरह राखिएको छ। उनलाई भेट्न आफन्त र क्रिकेटर आउने गरेका छन्। भेट्न आएकासँग सामान्य गफगाफ गरे पनि अन्य कैदीबन्दीसँग उनको बोलचाल छैन। ‘खासै खुल्दैनन्, अलि विक्षिप्त देखिएका छन्,’ एक प्रहरी अधिकारीले बताए।

पक्राउ परेकै दिन प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि सन्दीपलाई हिरासतमा राख्न एक साताको अनुमति लिएको थियो। अदालतले दोस्रोपटक पाँच दिन म्याद थप गरेकोमा बुधबार थप चार दिन सन्दीपलाई हिरासतमा राख्न अनुमति दिएको छ।

सन्दीप ६ भदौ केन्या प्रस्थान गरेका उनी उतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका थिए। भदौ ५ मा क्रिकेटको बन्द प्रशिक्षणबाट घर जान्छु भनी निस्किएका सन्दीपले कफी पिउन बोलाएर सोही रात आफूलाई जबर्जस्ती करणी गरेको आरोप पीडितको छ।

जाहेरीअनुसार सन्दीपले किशोरीलाई नगरकोट पुर्‍याई काठमाडौं फर्किएपछि होटलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ। सोही जाहेरीअनुसार नेपाल फर्किएपछि पक्राउ परेका सन्दीपलाई प्रहरी अनुसन्धानका लागि बुधबार तेस्रोपटक म्याद थप गरेको थियो।

सन्दीपले भने किशोरीकै आग्रहमा आफू भेट्न गएको र त्यो रातसँगै बसे पनि बलात्कार नगरेको दाबी गरिरहेका छन्। 

प्रकाशित: Oct 20, 2022| 22:50 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।