मंगलबार, फागुन १९, २०८२

मोदी र राष्ट्रसंघ महासचिवले गरे 'मिसन लाइफ'को शुभारम्भ

भारतको नेतृत्वमा विश्वव्यापीरूपमा व्यापक जनसहभागितासहित वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उद्देश्य लिइएको अभियान बिहीबार गुजरातको एकता नगरमा शुभारम्भ गरिएको हो।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

kumari

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले 'मिसन लाइफ' अभियानको शुभारम्भ गरेका छन्। भारतको नेतृत्वमा विश्वव्यापीरूपमा व्यापक जनसहभागितासहित वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उद्देश्य लिइएको अभियान बिहीबार गुजरातको एकता नगरमा शुभारम्भ गरिएको हो। 

यसअघि प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका थिए। दुवैले केभाडियाको स्ट्याच्यु अफ युनिटीमा पुष्पहार अर्पण गरेका थिए।  महासचिव गुटरेस मिसन लाइफ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ट्यागलाइनको विमोचनमा प्रधानमन्त्री मोदीसँग सामेल भए। 

राष्ट्रसंघका महासचिव तीन दिने भारत भ्रमणमा  रहेका छन्। बुधवार गुटेरेसले विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। 

प्रकाशित: Oct 20, 2022| 18:29 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।