सोमबार, साउन ११, २०८३

अपूर्व क्षितिजलाई अढाई लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई अढाई लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई अढाई लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो। 

युट्युबमा स्ट्याण्ड अप कमेडी प्रस्तुत गर्दा उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको आरोप लागेको थियो। उक्त आरोपमा उजुरी परेपछि उनी पक्राउ परेका थिए। 

उनीविरुद्धको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस भएपछि बिहीबार थुनछेक बहस भएको थियो। बहसपछि न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रिहाई आदेश जारी गरेको हो। 

उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर भएको थियो। उनलाई ५ वर्ष कैद सजायको माग गरिएको थियो। 

प्रकाशित: Oct 20, 2022| 18:16 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।