मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहकारी प्रमुखमाथि गोली प्रहारको आरोपमा ३ भारतीयसहित ४ जना पक्राउ

सहकारी प्रमुखमाथि गोली प्रहारको आरोपमा ३ भारतीयसहित ४ जना पक्राउ

रकम लुटपाट गर्न सहकारी पुगेका उनीहरूले प्रमुखमाथि गोली प्रहार गरी भारतीय नम्बरको मोटरसाइकलमा भागेका थिए। तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट बुधबार राति नियन्त्रणमा लिएको हो।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

सर्लाही- सर्लाहीको बागमती नगरपालिका-१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका सेवाकेन्द्र प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीनजना भारतीय नागरिक छन्। 

National life

रकम लुटपाट गर्न सहकारी पुगेका उनीहरूले प्रमुखमाथि गोली प्रहार गरी भारतीय नम्बरको मोटरसाइकलमा भागेका थिए। तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट बुधबार राति नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह छन्। घटनाको मुख्य योजनाकार एवं सहयोगी सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

लुटेराको गोली प्रहारबाट केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीले प्रतिकार गरेपछि उनीमाथि गोली प्रहार भएको थियो। गोली कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा गोली लागेको छ। गोली लागेर घाइते भएका कार्कीको काठमाडौंमा उपचार चलिरहेको छ। उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

प्रकाशित: Oct 20, 2022| 23:15 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।