मंगलबार, फागुन १९, २०८२

जेलबाट भागेका गायक मूसेवालाका हत्या आरोपित फेरि पक्राउ

प्रहरीका स्पेसल कमिस्नर (स्पेसल सेल)का एचजीएस धलीवालले भागेपछि दीपकले भेष बदलेका थिए। दिल्ली प्रहरीले विशेष अनुसन्धान अभियान चलाएर उनलाई पुन पक्राउ गर्न सफल भएको धलीवालले बताएका छन्।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

नयाँ दिल्ली (भारत)- भारतीय गायक सिधु मूसेवालाको हत्यालगायतका आरोपमा जेलमा रहेका दीपक तिनु प्रहरीलाई छल्दै भागे पनि पुन: पक्राउ परेका छन्। पञ्जाव प्रहरीको आँखा छलेर अक्टोबर १ मा भाग्न सफल भएका दीपक बुधबार पुन: पक्राउ परेको राजस्थान प्रहरीले जानकारी दिएको छ।

प्रहरीका स्पेसल कमिस्नर (स्पेसल सेल)का एचजीएस धलीवालका अनुसारले भागेपछि दीपकले भेष बदलेका थिए। दिल्ली प्रहरीले विशेष अनुसन्धान अभियान चलाएर उनलाई पुन: पक्राउ गर्न सफल भएको धलीवालले बताएका छन्।  

'पक्राउ परेका बेला दीपकको साथमा ५ ग्रिनेड र दुई वटा स्वचालित पेस्तोल थिए। उनलाई केन्द्रीय राजधानी ल्याइएको र प्रहरी हिरासतमा राखिएको छ,' धलीवालले भनेका छन्। 

प्रारम्भिक अनुसन्धानका क्रममा दीपकको सम्पकर्क ग्याङस्टार रोहित गोडारासँग पनि रहेको खुलेको छ। उनी अजरबैजानलाई आधार बनाएर आपराधिक क्रियाकलाप गर्दै आएका छन्। यसका साथै युरोपलाई आधार बनाएर आपराधिक क्रियाकलाप गर्ने सम्पत नेहरासँग पनि उनको सम्पर्क हुने गरेको खुलेको छ। उनलाई लुकाउन आपराधिक समूहका सदस्य अनमोल बिस्नोईले सहयोग गरेको प्रहरीको भनाइ छ। 

सन् २०१७ मा दीपकविरुद्ध हत्यालगायतका थुप्रै मुद्दा लगाइएको थियो। त्यसबेला पक्राउ परेका दीपक हरियाणामा प्रहरीको आँखामा मरिचको स्प्रे छ्यापेर भाग्न सफल भएका थिए। त्यसपछि  गत डिसेम्बर महिनामा उनी बैंगलुरुबाट पक्राउ परेका थिए। 

kumari

मूसेवालाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले २४ जनालाई मुख्य प्रतिवादी बनाएको छ। दीपकले मूसेवालाको हत्या योजना बनाएको प्रहरीको दाबी छ। 

सिधु मूसेवालाको नामबाट परिचित गायक शुभदीप सिंह सिधुमाथि गत मे २९ मा गोली हानी हत्या गरिएको थियो। हत्याको जिम्मा लरेन्स बिस्नोई ग्रुपका गोल्डी ब्रारले लिएका थिए। -पीटीआई

प्रकाशित: Oct 20, 2022| 16:18 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।