शनिबार, जेठ ३०, २०८३

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

बिहीबार राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं– पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ। बिहीबार राष्ट्र बैंकले तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ १४ पैसा छ।

National life

केन्द्रीय बैंकले अघिल्लो दिन १ अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८ पैसा तोकेको थियो।

त्यस्तै, बिहीबार युरोको खरिद मूल्य १२९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ २४ पैसा रहेको छ। विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो।

नेपाली मुद्राको भारुसँग स्थिर विनिमय दर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ। 

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृिद्ध हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ। तर नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मक पर्ने जानकार बताउँछन्।

Shivam cement

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातको तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ। यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत असर पार्छ। 

त्यस्तै, डलरको भाउ बढ्नेबित्तिकै आयातीत वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने गर्छ।

प्रकाशित: Oct 20, 2022| 14:32 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्