शुक्रबार, भदौ २६, २०८३

सुनको मूल्य घट्यो, आजको बजार भाउ कति?

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १ हजार १७० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Oct 20, 2022| 11:54 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्