शनिबार, जेठ ३०, २०८३

अर्घाखाँची सिमेन्टले पनि थाल्यो भारतमा निर्यात

अर्घाखाँची सिमेन्ट कम्पनीले सिमेन्ट निर्यात गर्न थालेको छ। कम्पनीले सोमबार २ हजार बोरा सिमेन्ट दुई वटा ट्रकमा भारत निर्यात गरेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं– अर्घाखाँची सिमेन्ट कम्पनीले सिमेन्ट निर्यात गर्न थालेको छ। कम्पनीले सोमबार २ हजार बोरा सिमेन्ट दुई वटा ट्रकमा भारत निर्यात गरेको छ। 

National life

कम्पनीका सञ्चालक पशुपति मुरारकाका अनुसार अर्घाखाँची सिमेन्ट भारतको युपी सहरमा निर्यात गरिएको हो। उनका अनुसार सो दुई हजार बोरा सिमेन्ट युपीको सुभान्सु एसोसिएटले खरिद गरेको हो। 

कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँ (भारु) का दरले सिमेन्ट निर्यात गरेको जनाएको छ। सिमेन्ट निर्यातको ट्रक बिदाइ गर्दै कम्पनीका सञ्चालक पशुपति मुरारकाले आफ्नो लामो समयदेखिको सपना पूरा भएको बताएका छन्। मुरारकाले भारतमा भन्दा नेपालमा सिमेन्ट उत्पादन महँगो पर्ने दावी गर्दै कोइलामा सरकारले सहज गरिदिएमा १० देखि १५ रुपैयाँ प्रतिबोरा सस्तो पर्न जाने र निर्यातका लागि थप सहज हुने बताए। 

सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिने गरी कार्याविधि बनाएपछि सिमेन्ट निर्यात गर्ने कम्पनीको सूचीमा अर्घाखाँची सिमेन्ट पनि थपिएको हो। यसअघि पाल्पा सिमेन्टले पनि निर्यात गरेको छ। 


Shivam cement

प्रकाशित: Oct 17, 2022| 17:18 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्