शनिबार, जेठ ३०, २०८३

सानिमा बैंकको थ्री इन वान खाता प्रणाली अपग्रेड

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान नामक खाताको प्रणाली अपग्रेड गरेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान नामक खाताको प्रणाली अपग्रेड गरेको छ।

National life

ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता, ट्रेडिङ खाताको साथै सीआस्वा र मेरो शेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ।

साथै, थ्री इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रकयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्ने छन्। खाता भइसकेका ग्राहकले समेत यसबाट सीआश्वा तथा मेरो शेयरको सुबिधा लिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट शेयर खरिद र बिक्री गर्न सक्ने छन्।

यस खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पाना ग्राहकले बैंकको वेबसाइटबाट थ्री इन वान एकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ। आईपिओ मार्फत् शेयर खरिद गरेका ग्राहकहरुले समेत केही प्रकृयाहरु पूरा गरी यो खाता मार्फत सजिलै शेयर बिक्री गर्न मिल्ने सुविधा रहेको बैंकले जनाएको छ।

Shivam cement

प्रकाशित: Oct 17, 2022| 16:51 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्