शनिबार, जेठ ३०, २०८३

मंगलम् इन्डस्ट्रिजद्वारा प्राविधिक पुरस्कृत

सीपीभीसी पाइप उत्पादक कम्पनी मंगलम इन्डस्ट्रिजले आफ्ना प्राविधिकलाई पुरस्कृत गरेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९
National life
Shivam cement

काठमाडौं- सीपीभीसी पाइप उत्पादक कम्पनी मंगलम इन्डस्ट्रिजले आफ्ना प्राविधिकलाई पुरस्कृत गरेको छ। प्राविधिकहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले इटहरीमा आयोजना गरिएको कार्यक्रममा उनीहरूकाे प्रदर्शनअनुसार पुरस्कार वितरण गरिएको कम्पनीले जनाएको छ।

विभिन्न स्किममार्फत पनि प्राविधिकलाई पुरस्कृत गरिएको छ। जसअन्तर्गत प्राविधिकहरुले २ वटा १२५ सीसी पल्सर मोटरसाइकल, एउटा १५० सीसीको पल्सर मोटरसाइकल जित्नुका साथै ६ जनाले ल्यापटप, १० जनाले १र१ तोला सुन र ६ जनाले टेलिभिजन जित्न सफल भएको कम्पनीका असिस्टेन्ट भाइस प्रेसिडेन्ट सुमित शर्माले जानकारी दिए।

टेक्निसियन प्रोत्साहन कार्यक्रम (कुपन वापत) अन्तर्गत उक्त कार्यक्रम गरिएको र यस्ता कार्यक्रम भविष्यमा पनि सञ्चालनमा ल्याइने शर्माले बताए। कार्यक्रममा प्राविधिक क्षेत्रमा क्रियाशील करिब ५० जनाको उपस्थिति थियो। नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको मंगलमका सबै उत्पादनहरू आईएसओ ९००१: २०१५ प्रमाणित छन्।


प्रकाशित: Oct 17, 2022| 16:51 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्