शनिबार, जेठ ३०, २०८३

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस)का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस)का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ।

National life

इन्स्योरेन्सको प्रधान कार्यालय कमलादीमा आयोजित एक विषेश समारोहबीच प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसन डाउनलोड गरी सार्वजनिक गरे। परिस्कृत र नयाँ सुविधासहित यो एप सार्वजनिक गरिएको हो। ग्राहक र अभिकर्ता दुबैले एउटै एपमार्फत सेवा पाउने छन्। 

एप डाउनलोडपछि रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफूलाई 'लगइन' गर्न सकिने छ। आफू अभिकर्ता वा बीमित छनोट गरी प्रोफाइल एड गर्न सकिने छ। एप्लिकेसनमा एकै जनाको एक भन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ। आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी सहज तवरले प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

साथै एपमा अन्य सुविधाको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा, उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारीमूलक, तथा मनोरन्जनात्मक श्रव्यदृष्य सामग्री पढ्न तथा हेर्न सकिने छ।


प्रकाशित: Oct 17, 2022| 16:49 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्