बिहीबार, वैशाख १३, २०८१

निर्वाचन : आशा र आक्रोशका दृश्यहरू

दृश्यले राजनीतिक दललाई चाड आएको भान गराउँथ्यो। उनीहरुको लागि भएजतिको शक्ति लगाउने समय आएको छ। राजनीतिक उचाइ हासिल गर्ने सपना यहि निर्वाचनसँग जोडिएका छन्। तर जनतामा भने आशा कम, आक्रोश बढी देखिन्थ्यो।
 |  आइतबार, असोज ३०, २०७९

भानु बोखिम

भानु बोखिम

आइतबार, असोज ३०, २०७९

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दिने दिनमा देखिएका केही दृश्यहरु रोचक देखिए। इटहरीदेखि ईलामसम्मको यात्रामा देखिएको दृश्यको सामान्य अवलोकन मात्र थियो। तर नेताको उत्साह र जनताको निरासा बुझ्न यी अवलोकन पर्याप्त थिए। 

triton college

पहिलो दृश्य मोरङ जिल्लाको बेलबारीतिरको थियो। महेन्द्र राजमार्गमा पूर्वतिर लागिरहेको एक भीडमा राष्ट्रिय झन्डा र सूर्य अंकित झन्डा एकसाथ हल्लिरहेका थिए। भीडबाट आवाज आइरहेको थियो– नेकपा एमाले जिन्दावाद। 

त्यसपछि आधा घन्टा अघि बढ्दा अर्काे दृश्य देखियो। महेन्द्र राजमार्गको दायाँ किनारमा आमसभा चलिरहेको थियो। मान्छेको उपस्थिति बाक्लो थिएन। तर गाडी अघि बढिरहँदा सुनियो– तपाईंहरुले खुशीसाथ गठबन्धनलाई मदतान दिनु हुनेछ। 

यी दुवै दृश्यले राजनीतिक दललाई चाड आएको भान गराउँथ्यो। उनीहरुको लागि भएजतिको शक्ति लगाउने समय आएको छ। राजनीतिक उचाइ हासिल गर्ने सपना यहि निर्वाचनसँग जोडिएका छन्। तर जनतामा भने आशा कम, आक्रोश बढी देखिन्थ्यो। साँझ फिक्कल बजार पुगेपछि हामीलाई सोयाङ पुग्नु थियो। सोयाङ जानको लागि कच्ची सडकमा हाम्रो गाडी नजाने पहिले नै जानकारी थियो। स्थानीय सडकमा चल्ने फोरह्लिर गाडीको बन्दोबस्त भइसकेको थियो। ६ बजेतिर गाडी परिवर्तन गरेर हाम्रो समूह सोयाङतिर लाग्यो। थोरै पक्की सडकमा यात्रा गरेपछि हामी बायाँतिर मोडियौं। त्यसपछि कच्ची र हिलाम्मे सडकको यात्रा शुरु भयो। 

हिलाम्मे सडकमा यात्रुले खचाखच जिप गुडिरहँदा राजनीतिको कुरा निस्कियो। त्यतिकैमा त्यहाँका स्थानीय यात्रुलाई हाम्रो समूहको कसैले सोध्यो– यो कसको क्षेत्र हो? 

corrent noodles
Metro Mart

‘झलेको’ ! अगाडि नै तीन जना यात्रु राखेर अप्ठ्यारो गरी गाडी चलाइरहेका चालकले भने। यो पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो। ‘झलेको’ भन्नुको अर्थ झलनाथ खनालको भन्ने थियो। झलनाथलाई ‘झले’ भनेर सम्बोधन गर्नु आफैंमा अपमानित थियो। (नेकपा एकीकृत समाजवादीमा झलनाथ सम्मानित नेता हुन्।) यो अपमान उनीमाथिको अनादर जस्तो लागे पनि आक्रोश थियो। नेताहरुले वाचा गरे अनुरुप काम नगरेको भन्दै आक्रोश पोखिएको थियो। जुन सडकमा जसरी यात्रा गरिएको थियो, त्यो हिसाबले यो आक्रोश सामान्य पनि हो। सडकको हालत यति बेहाल थियो कि २२ किलोमिटर पार गर्नलाई पूरै तीन घन्टा लागेको थियो। 

साँझको समय जोगमाईमा गाडी रोकिँदा केही युवा जमातमा निर्वाचनकै बहस थियो। सामान्य होटलमा खान बसेका युवाहरुले देश किन बनेन भनेर विवाद गरिरहेका थिए। यो चिन्ता निश्चय नै राजनीति र नेतासँग जोडिएको थियो। राजनीति र नेतासँग जोडिएको कुरा अहिले निर्वाचनसँग जोडिने नै भयो।

‘विकास किन भएन थाहा छ?’ चियाको गिलास पकडेका युवकले भने।

‘किन?’ सँगै चिया पकडेर बसेका अर्का युवकले सोधे।

‘किनभने तैंले भोट नै विकास नगर्ने नेतालाई दिइस्।’

‘सबै उस्तै त छन्।’  

दृश्यले राजनीतिक दललाई चाड आएको भान गराउँथ्यो। उनीहरुको लागि भएजतिको शक्ति लगाउने समय आएको छ। राजनीतिक उचाइ हासिल गर्ने सपना यहि निर्वाचनसँग जोडिएका छन्। तर जनतामा भने आशा कम, आक्रोश बढी देखिन्थ्यो। 

उनीहरुको वार्तालापमा नेताप्रतिको गुनासो र जनताको सुझबुझ दुवैप्रति प्रश्न दुवै थिए। समग्रमा भने गाउँघरतिर नेताप्रतिको आक्रोश तीव्र थियो। यो आक्रोश नेताहरुको झुटो वाचासँग मात्र जोडिएको थिएन। किसानलाई दिने अनुदान नक्कली किसान तथा नेताका आसेपासेले खाएका कथाहरु पनि जोडिएका थिए। साथै विकासको काम योजनावद्ध नभएर हचुवा शैलीका थिए। स्थानीयका अनुसार केही वर्षअघि सोयाङबाट फिक्कल बजार आउन डेढ घन्टामात्र लाग्थ्यो। तर स्तरोन्नति गर्ने नाममा सडकको बेहाल गरिएको छ। तीन वर्षदेखि डेढ घन्टा लाग्ने ठाउँमा दोब्बर समय यात्राको लागि खर्चिनु परेको छ। यो बेला गर्ने नाम कालोपत्रे गर्ने नाममा गरिएको हो। तर कालेपत्रे कहिले बनिसक्छ भन्ने टुंगो छैन। 

जनतामा यतिका धेरै निराशाले नेताको नेतृत्वको शैली र क्षमतामाथि प्रश्न उठाउँछ। नेतृत्व क्षमताले विकासको योजनालाई सही ढंगले प्राथमिकीकरण गर्न सकेको छैन। अधिकांश योजनाहरु हचुवा र नेता विशेषको सनकमा निर्माण भइरहेका छन्। यस्ता योजनाले स्रोत तथा बजेटको दुरुपयोग मात्र गरेको छैन। विकास निर्माणको कामलाई सुस्त पनि बनाएको छ। सीमित बजेटको दुरुपयोग तथा निर्माणमा ढिलासुस्तीले जनतामा निरासा बढाएको छ। यस्ता निरासाका उच्छवास पोखिएकै हुन्छन्। निर्वाचनको समयमा अलि बढी नै पोखिने गरेको छ। तर दुर्भाग्यचाहिँ यसले मतदानको दिन विवेक प्रयोग गरेको भने पाइँदैन। यो क्रमको सुधार दुई अवस्थामा गर्न सकिन्छ। पहिलो भनेको नेताले लोकप्रिय नारा वा भाषा अलाप्न छोडेर सही योजना तयार गर्नुपर्छ। नागरिकले पनि नेतृत्वको गुण भएकोलाई छान्ने विवेक प्रयोग गर्नुपर्छ। 

निश्चय नै प्रतिनितिसभामा निर्वाचित हुनेहरुको पहिलो प्राथमिकता नीति निर्माण हो। तर उनीहरु विकास निर्माणका अनेकन वाचाहरु गरिरहेका हुन्छन्। त्यसको लागि उनीहरुले समन्वय गर्न सक्लान् तर उनीहरुकै हातमा हुने हैन। आफ्नो सीमा नाघेर झुटो प्रतिबद्धता गरिरहेका हुन्छन्। साथै, उनीहरुले परिकल्पना गरेका धेरै योजना सुन्दा राम्रा लाग्छन्। आवश्यकता र श्रोतको सहि आंकलन गरेर निर्माण गरिएका भने हुँदैनन्। परिणामतः कार्यान्वयनमा समस्या आउँछ। कति काम कति समयमा गर्न सकिन्छ? ती कुरा जनतासामु स्पस्ट राख्ने नेताको आवश्यकता छ। सबैतिर सहज सडक नभइरहेको बेला, पानीजहाजको सपना बाँड्दा मीठो सुनिएला, तर समस्या समाधान हुँदैन। 

विकास भनेको स्वैरकल्पना हैन। श्रोतसाधन, आवश्यकता र समयसीमा तोकिएर गरिएको व्यवहारिक योजना हो। भलै हाम्रोमा यस्तो भइरहेको छैन। निर्वाचनताका हरेक उम्मेदवारका सुन्दर घोषणापत्र सुनिन सक्छन्। उनीहरुले व्यक्तिगत रुपमा अनेकन आश्वासन दिन सक्छन्। देश तथा समग्र जनताको हितको लागि यी दुवै कुरा घातक सिद्ध हुन सक्छन्। नागरिकले मंसिर चारमा मत जाहेर गर्दा यी कुराहरु मनन गर्न जरुरी छ। अन्यथा निर्वाचनहरु आइरहन्छन्। 

नेताहरु सांसद हुन्छन्, मन्त्री हुन्छन् तर जनगुनासा सम्बोधन हुँदैनन्। यसमा इलामको युवाले भनेझैं कहिँकतै मतदाताको पनि गल्ती छ। हाम्रा राजनीतिक यहि समाजका भएकाले सबै उस्तै लाग्लान् तर एक भन्दा अर्काे केही न केही फरक हुन सक्छन्। त्यसको लागि विवेक प्रयोग गर्न जरुरी देखिन्छ।

प्रकाशित: Oct 16, 2022| 07:28 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...