शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गौतमबुद्ध विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता : गृहमन्त्री खाण

गौतमबुद्ध विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता : गृहमन्त्री खाण

गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा आफ्नो जग्गा उपलब्ध गराउने स्थानीयलाई नयाँ रोजगारी खुल्दा योग्यताअनुसारको काम दिइने।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९
National life
Shivam cement

रुपन्देहीगृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन्। 

रुपन्देही क्षेत्र–३ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य खाणले स्थानीयले आफ्ना जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण भएकाले नयाँ रोजगारी खुल्दा तिनले योग्यताअनुसारको रोजगारीमा प्राथमिकता पाउने बताएका हुन्। 

गृहमन्त्री खाणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, ती परिवारका सदस्यलाई विमानस्थलको रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। यसबारे गौतमबुद्ध विमानस्थल प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा गर्ने उनको भनाइ छ।

प्रकाशित: Oct 15, 2022| 13:54 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्