शनिबार, जेठ ३०, २०८३

नेपालमा मागभन्दा बढी अन्डा उत्पादन, उपभोग न्यून

नेपालमा ७ करोड बढी कुखुरा छन् भने त्यसमध्ये १ करोड ११ लाखले फुल पार्छन्। गत आवमा १ अर्ब ४७ करोड वटा बढी अन्डा उत्पादन भएको संघको तथ्यांक।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं– नेपालमा विविध कार्यक्रमसहित शुक्रबार विश्व अन्डा दिवस मनाइएको छ। सन् १९९६ मा विश्व अन्डा आयोग (इन्टरनेसनल एग कमिसन) स्थापना भएपछि अक्टोबरको दोस्रो शुक्रबार विश्व अन्डा दिवस मनाइँदै आएको हो।

National life

यो वर्ष ‘उत्कृष्ट जीवनका लागि अन्डा’ मूल नारासहित विश्वभर दिवस मनाइएको छ। नेपालमा चितवनलगायत विभिन्न ठाउँमा कार्यक्रम गरी विश्व अन्डा दिवस मनाइएको अन्डा उत्पादक संघ अध्यक्ष शिवराम केसीले बताए। 

नेपालमा मागभन्दा बढी अन्डा उत्पादन हुने गरे पनि विश्वको तुलनामा उपयोग निकै कम रहेको उनको भनाइ छ। विश्व अन्डा आयोगको रिपोर्टअनुसार विश्वभरि प्रतिव्यक्ति प्रतिवर्ष औसत अन्डा खपत १७९ वटा छ तर नेपालमा ४४ वटा मात्र छ। अमेरिकामा वार्षिक प्रतिव्यक्ति अन्डाको उपभोग २५१ वटा छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ७ करोड बढी कुखुरा छन् भने त्यसमध्ये १ करोड ११ लाखले फुल पार्छन्। गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड वटा बढी अन्डा उत्पादन भएको संघको तथ्यांक छ। 

एउटा अन्डाले ७० किलो क्यालोरी शक्ति, करिब ६.३ ग्राम उच्च गुणस्तरको प्रोटिन, पाँच ग्राम चिल्लो पदार्थ, भिटामिन–ए, भिटामिन–बी–२, भिटामिन–बी–५, भिटामिन–बी–६, भिटामिन–बी–७, भिटामिन–बी–९, भिटामिन–बी–१२, भिटामिन–डी, भिटामिन–ई, भिटामिन–के, कोलिन; फस्फोरस, जिंक, सेलेनियम, फलाम, आयोडिन गरी विभिन्न प्रकारका आवश्यक भिटामिन र खनिज उपलब्ध गराउने संघका महासचिव प्रवीण केसीले बताए।

Shivam cement

अन्डामा पाइने समग्र प्रोटिनमध्ये करिब ३.६ ग्राम सेतो भागबाट र करिब २.७ ग्राम पहेलो भागबाट प्राप्त हुन्छ। मानिसलाई दैनिक आवश्यक पर्ने प्रोटिनको मात्राको १७ देखि २० प्रतिशत प्रोटिन एउटा अन्डाले पूर्ति गर्छ।

प्रकाशित: Oct 15, 2022| 12:19 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्