शनिबार, जेठ ३०, २०८३

उद्योगको उत्पादन ५० प्रतिशतले घटेको गोल्छाको दाबी

बैंकिङ ब्याजदरको कारण लागत बढेर उद्योगहरूको उत्पादनमा ४० देखि ५० प्रतिशतले ह्रास भइरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- बैंकिङ ब्याजदरको कारण लागत बढेर उद्योगहरूको उत्पादनमा ४० देखि ५० प्रतिशतले ह्रास भइरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन्।

National life

शुक्रबार चार्टर्ड एकाउन्टेन्सहरुको संस्था एक्यानले आयोजना गरेको 'नेशनल कन्फ्रेन्स अन सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट' कार्यक्रममा गोल्छाले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गोल्छाले बैंकहरु लोभी भइरहेको आरोप समेत लगाए। ‘बैंकहरुले कर्जाको ब्याजदर मात्र बढाएका छैनन्, कर्जा नीतिमा नयाँ परिवर्तन गरिरहेकाले व्यवसाय लागत बढिरहेको छ,’ उनले भने, ‘बैंकहरू अवसरवादी भएका छन्, जनता मूल्य वृद्धिको मारमा छन्, तर बैंकको सेयरमा प्रतिफल अनपेक्षित रुपमा वृद्धि भइरहेको छ।’

पछिल्लो समय मुलुकमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको, रेमिटेन्समा वृद्धि भइरहेको, निर्यात वस्तुमा अनुदान दिने व्यवस्था शुरू हुँदा अर्थतन्त्रलाई सकारात्मक प्रभाव पर्न थालिरहेको बताए। पूर्व बैंकर तथा सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले भने उद्योगी र बैंकर एउटै हुने प्रवृत्तिले समेत समस्या भइरहेको बताए। भण्डारीले पुँजी अभाव भइरहेकाले हालको समयमा मुलुक बाहिरबाट पनि पुँजी जुटाउन सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने बताए।

प्रकाशित: Oct 14, 2022| 20:30 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्