शनिबार, जेठ ३०, २०८३

इस्टर्न हाइड्रोपावरले खुलायो आईपीओ

कम्पनीले ५० हजार ३१० कित्ता सेयरसहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– इस्टर्न हाइड्रोपावरले शुक्रबारबाट आईपीओ निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आईपीओ खुलाएको हो।

National life

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि निष्कासन गरेकामा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयरसहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्कासन गर्न लागेको हो। 

यसमध्ये ५ प्रतिशत ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्कासन गरेको सेयरमा छिटोमा १ कात्तिकसम्म आवेदन दिन सकिनेछ। मागअनुसार पर्याप्त आवेदन नपरे १४ कात्तिकसम्म म्याद थप हुनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल  रहेको छ।

Shivam cement

प्रकाशित: Oct 14, 2022| 11:08 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्