शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीसहितको टोली उड्यो अमेरिका

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीसहितको टोली उड्यो अमेरिका

विश्व बैंक र आईएमएफको सम्मेलनमा सहभागिता जनाउन जनार्दन अमेरिका उडेपछि मन्त्री भुसाललले पाइन् अर्थ मन्त्रालय सम्हाल्ने जिम्मा।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९
National life
Shivam cement

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) को सम्मेलनमा भाग लिन अमेरिका उडेका छन्। 

अर्थमन्त्री शर्मासहित अर्थसचिव कृष्णहरि पुष्कर र अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखा प्रमुख ईश्वरी अर्यालसमेत अमेरिका गएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री शर्मा अमेरिका गएपछि मन्त्रालयको जिम्मेवारी ऊर्जामन्त्री पम्पा भुसालले पाएकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री भुसाललाई जिम्मेवारी दिएका हुन्। गभर्नर अधिकारी २२ असोजमा गएका हुन् भने अर्थमन्त्री शर्मा मंगलबार बिहान अमेरिका उडेका हुन्।

प्रकाशित: Oct 11, 2022| 16:28 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्