शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भदौमा ७६ हजार ४०३ जनाले लिए श्रम स्वीकृति, रोजाइमा मलेसिया

भदौमा ७६ हजार ४०३ जनाले लिए श्रम स्वीकृति, रोजाइमा मलेसिया

रोजगारीका लागि बिदेसिनेको संख्या दोब्बरले बढेको विभागको तथ्यांक।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बर बढेको विवरण वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ। श्रम गन्तव्य मुलुकमा कोरोना महामारी न्यून हुँदै गएपछि नेपालबाट कामका लागि बिदेसिने नेपालीको संख्या बढ्न थालेको हो। 

National life

विभागका अनुसार गत साउन र भदौमा १ लाख ३९ हजार जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। २०७८ साउन र भदौमा ६१ हजार ४६८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। यो संख्या साउन र भदौमा ७७ हजार ५३२ जना बढी हो।

विभागका अनुसार गत भदौमा ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् भने २०७८ भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए। गत साउनमा ६३ हजार ५९७ जनाले श्रम स्वीकृति लिएकामा अघिल्लो साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएको विवरण विभागले सार्वजनिक गरेको छ।  

यो वर्षको साउनमा भन्दा भदौमा वैदेशिक रोजगारीमा जान १३ हजार ३६४ जना बढीले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए। 

भदौमा श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै दक्ष श्रमिक छन् । अघिल्ला वर्षमा श्रम स्वीकृति लिनेमा अदक्ष श्रमिकको बाहुल्य रहँदै आएकामा यो आर्थिक वर्षदेखि भने यो तथ्यांक बदलिन थालेको छ। भदौमा ४६ हजार ६९ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् भने अदक्ष श्रमिकको संख्या २५ हजार ८३ जना छ। अर्धदक्ष श्रमिकको संख्या ६ हजार ९२ छ भने १४६ जना व्यावसायिक र १३ जना उच्च सीप भएका रहेको विभागले बताएको छ।

Shivam cement

पछिल्लो समय नेपाली श्रमिकको प्रमुुख श्रम गन्तव्य देश मलेसिया बनेको छ। विभागका अनुसार साउन र भदौमा १ लाख ३९ हजार ४४२ जनाले श्रम स्वीकृति लिएकामा ५८ हजार जनाले मलेसियाका लागि मात्रै लिएका छन्, जुन संख्या करिब ४२ प्रतिशत हो।

उनमा ६३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएकामा २५ हजार, भदौमा ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका ३३ हजार २ जनाले मलेसिया रोजगारीमा गएका छन्। मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली श्रमिकको आकर्षण बढेको विभागको अनुमान छ।

प्रकाशित: Oct 11, 2022| 15:15 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्