शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • धान भित्र्याउने बेलाको अबिरल वर्षाले चिन्तामा किसान

धान भित्र्याउने बेलाको अबिरल वर्षाले चिन्तामा किसान

सुदूरपश्चिम प्रदेशमा बुधबारदेखि मनसुनी वर्षा जारी छ। पाँच दिनदेखिको निरन्तर वर्षाका कारण कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्र डुवानमा परेका छन्। धान भित्र्याउने समयमा परेको वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशमा बुधबारदेखि मनसुनी वर्षा जारी छ। पाँच दिनदेखिको निरन्तर वर्षाका कारण कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्र डुवानमा परेका छन्। धान भित्र्याउने समयमा परेको वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको छ।

National life

डुवानका कारण धानमा क्षति पुगेको किसानहरूले जनाएका छन्। डुवानमा परेका क्षेत्रमा पनि लगातारको वर्षाले धानलगायत दलहन बाली बिग्रने किसानको चिन्ता छ। अत्यधिक वर्षाका कारण तरकारी र फलफूल खेतीलाई पनि अहिलेको पानीले राम्रो नगर्ने भन्दै व्यवसायीक खेती गर्दै आएका किसानले चिन्ता व्यक्त गरेका छन्। 

गत वर्ष कात्तिक पहिलो साता परेको झरीले सुदूरपश्चिम प्रदेशमा ७ अर्ब बराबरको धानमा क्षती पुगेको थियो। यस वर्ष पिन सोही समयमा पानी परेकाले धानबालीमा ठूलो क्षति पुग्ने किसानको चिन्ता छ। कैलालीको बनबेहडाका किसान विपिन जोशीले लगातारको वर्षाले यसपाली धानखेतीमा ठूलो क्षति पुग्ने बताए।

‘पोहर साल पानीले धानमा पूरै क्षति गरेको थियो। यस वर्ष पनि लगातार पानी परिरहेको छ। पानीसँगै हावा पनि आएर धान ढले। ढलेका धान कुहिने र खेतमै उम्रिने खतरा छ,’ जोशीले भने। वर्षभरी दु:ख गरेर बाली भित्र्याउने बेलामा ठूलो झरी पर्दा आफूहरू मर्कामा परेको उनी बताउँछन्। धान रोप्ने बेलामा पानीको सास्ति खेप्नु परेको बताउँदै उनले भित्र्याउने बेलामा भने पानीले दु:ख दिइरहेको बताए।

धानमात्र नभएर केसा खेतीमा पनि यो वर्षाले ठूलो क्षति पुगाएको छ। अत्यधिक पानी पर्दा फलेको केरा ढल्ने र कुहिने जोखिम बढेको केरा किसान संघ कैलालीका अध्यक्ष दिपेन्द्र थारुले बताए। तिहार फलफूलको मौसम रहेको र यस वर्षाले फूल व्यवसायमा समेत क्षति पुग्ने पुप्प व्यवसायी किसानको चिन्ता छ।

Shivam cement

अत्यधिक पानीले तरकारी खेतीमा सबैभन्दा बढी क्षती भएको तरकारी उत्पादक किसानको भनाइ छ। वेर्ना राख्ने र बोट सार्ने समयमा परेको पानीले वेर्ना र बोट नष्ट हुने कैलालीको जोशीपुर गाउँपालिकाका किसान नेतराम चौधरी बताउँछन्।

प्रदेश सरकारले भने अझै केही दिन प्रदेशभर पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ। खेतीपाती र धनजनको नोक्सानी नहोस् भनेर सरकारी संयन्त्र परिचालन गतेको तथा खेतीपातीमा नोक्सानी हुने किसानलाई कृषि बिमाको दायरामा ल्याउने प्रयासको थालनी यो वर्षबाटै भएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले बताए।

प्रकाशित: Oct 09, 2022| 09:42 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्