बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्युठान पहिरो अपडेट : तीन शव निकालियो, तीनजना अझै बेपत्ता

प्युठान पहिरो अपडेट : तीन शव निकालियो, तीनजना अझै बेपत्ता

प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ। तीन जना अझै बेपत्ता छन्।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

National life

प्युठान- प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ। तीन जना अझै बेपत्ता छन्।  

प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएकी ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहु मगरको शव पहिरोबाट निकालिएको हो। प्रहरीले स्थानीयको सहयोगमा शव निकाल्नेल काम गरेको हो। 

उक्त पहिरोमा परी ६० वर्षीय बमबहादुर राहु मगर, चार वर्षीय सुसान्त राहु मगर र ६० वर्षीय हिराबहादुर थापा मगर अझै बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली दुई दिनदेखि घट्नास्थलमै रहेको प्रवक्ता थापा मगरले जानकारी दिए। 

प्रकाशित: Oct 08, 2022| 17:35 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।