मंगलबार, साउन १२, २०८३

मोरङ प्रशासनद्वारा हतियार बुझाउन आग्रह

जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आज सार्वजनिक सूचना जारी गरेको छ।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आज सार्वजनिक सूचना जारी गरेको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सो सूचनाअनुसार आउँदो कात्तिक ४ गतेभित्र हतियारधनीहरुले बुझाई सक्नुपर्ने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए।

खासगरी, निर्वाचन स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पत्र गर्न यस्ता हतियार जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा बुझाई सक्नुपर्ने अन्यथा प्रचलित कानुनबमोजिम भइजाने प्रजिअ दाहालले स्पष्ट पारे।

प्रकाशित: Oct 08, 2022| 20:20 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।