मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेमे पोखरी घुम्‍न जाँदा बेपत्ता भएकी युवतीको शव भेटियो

मेमे पोखरी घुम्‍न जाँदा बेपत्ता भएकी युवतीको शव भेटियो

चार हजार ८०० मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्‍न जाँदा बेपत्ता भएकी एक युवतीको शव शनिबार भेटिएको छ। दसैं मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्‍न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

लमजुङ- चार हजार ८०० मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्‍न जाँदा बेपत्ता भएकी एक युवतीको शव शनिबार भेटिएको छ। दसैं मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्‍न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले सो स्थान नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो। यसअघि मृतक युवतीका श्रीमान् सर्लाहीको लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको सोही क्षेत्रमा लेक लागेर मृत्यु भएको थियो। 

शर्मिलाका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको प्रहरीले उद्धार गरेको छ। तीनैजना करिब चार हजार मिटर उचाइको च्यार्बोस्थित भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ। 

बेँसीसहरबाट उक्त पोखरी पुग्न तीन दिन लाग्छ। उनीहरु असोज १६ गते त्यसतर्फ गएका थिए। फर्किने क्रममा शर्मिला र उनका श्रीमान् बुद्धको मृत्यु भएको हो। दुवैको शव प्रहरीले बेँसीसहर ल्याउँदै छ।

प्रकाशित: Oct 08, 2022| 16:33 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।