काठमाडौं- नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ। शनिबार बिहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन्।
नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो। परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए। अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ।
नेकपा माओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए। सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए उनी। उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए।