मंगलबार, फागुन १९, २०८२

इक्वेडरको एक जेलमा भएको दङ्गामा परी तेह्र जनाको मृत्यु

इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ। यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन्।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

 इक्‍वेडेर- इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ। यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन्। 

उनका अनुसार इक्वेडरको दक्षिणपश्चिमी सहरको गावाकील भन्ने स्थानमा रहेको जेलमा बन्दीहरुकाबीचमा झडप भएको थियो। सो झडपमा परेर बुधबार केहीको ज्यान गएको थियो। घाइतेहरुलाई अस्पताल राखिएकामा थपको मृत्यु भएको थियो। 

सो जेलमा प्राय लागूऔषधका कारोबारीहरुलाई राखिएको छ। उनीहरुका दुई पक्षका बीचमा सो झडप भएको बताइएको छ।त्यस झडपमा परेर अरु केही घाइते भएका पनि यहाँको जेल सेवाका अधिकारीहरुले जनाएका छन्। 

उक्त जेलमा रहेका दुई पक्षका बीचमा झडप भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। तर ती दुवै पक्षले आपसमा झगडा गर्ने र जेलका पूर्वाधारहरु तोडफोड गर्न खोजेको थिए। 

यस देशमा यसै वर्षको फेब्रुअरीदेखि देशका विभिन्न जेलमा तोडफोड सुरु गरेका छन्। तीमध्ये अधिकांश जेल लागूऔषधका कारोबारीहरु राखिएका जेलका रहेका छन्। 

kumari

यसरी भएका भिडन्तहरुमा परेर फेब्रुअरीदेखि अहिलेसम्म कम्तीमा पनि चार सय जनाले ज्यान गुमाएका यहाँको आन्तरिक व्यवस्थापन मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 07, 2022| 23:20 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।