बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवाधिकारकर्मी र रुस तथा युक्रेनी संस्थालाई

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवाधिकारकर्मी र रुस तथा युक्रेनी संस्थालाई

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई प्रदान गरिने भएको छ। रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई प्रदान गर्ने घोषणा गरिएको छ।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

काठमाडौं- यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई प्रदान गरिने भएको छ। रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई प्रदान गर्ने घोषणा गरिएको छ।

National life

नोबेल कमिटीले यो वर्षको शान्ति पुरस्कार नागरिक समाजलाई प्रतिनिधिहरूलाई प्रदान गरिएको जनाएको छ। 'उनीहरूले वर्षौंदेखि शक्तिको आलोचना गर्ने अधिकारको प्रवर्द्धन र नागरिकको आधारभूत मानवअधिकारको संरक्षण गर्दै आएका छन्‚' पुरस्कार कमिटीले भनेको छ, 'उनीहरूले युद्ध अपराध, मानवअधिकार उल्लंघन र शक्तिको दुरुपयोग सम्बन्धलाई दस्तावेजीकरण गर्न विशिष्ट भूमिका खेल्दै आएका छन्।'

उनीहरूले शान्ति तथा प्रजातन्त्रका लागि नागरिकता समाजको महत्त्वलाई प्रदर्शित गरेको कमिटीले जनाएको छ।

मानवाधिकार तथा प्रजातन्त्रलाई विकसित गर्न युक्रेनी मानवअधिकार संस्था सेन्टर फर सिभिल लिबर्टी स्थापना गरिएको हो। यसै वर्षको फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसबाट भएका मानवाधिकार उल्लंघनका घटनाहरूको दस्तावेजीकरण गर्दै आएको छ।

सन् १९८७ मा स्थापना भएको मेमोरियलले तत्कालीन सोभियत संघ कालमा कम्युनिस्ट शासनको दमनमा परेकाहरूलाई बिर्सन नदिने भूमिका खेलेकाले उक्त संस्थालाई यो पुरस्कार दिइएको जनाइएको छ।





प्रकाशित: Oct 07, 2022| 17:18 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।