शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने

अमेरिकाले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन्।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन्।

National life

बाइडेनले बिहीबार भिडियो सन्देश जारी गर्दै देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका सबैलाई रिहा गर्ने घोषणा गरेका हुन्।

यसअघि राष्ट्रपति चुनावको प्रचारप्रसारका क्रममा उनले उक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनको यो घोषणाले गाँजासम्बन्धी संघीय अपराधमा सजाय भोगिरहेका हजारौं अमेरिकी लाभान्वित हुनेछन्।

बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै कसैलाई जेल हाल्नु उचित नहुने बताएका छन्। ‘गाँजा राखेकै कसुरमा जेलमा परेर कैयौंको जीवन बर्बाद भएको छ। गाँजा कब्जामा लिएको फौजदारी अभियोगका कारण मानिसले रोजगारी, घर र शिक्षाको अवसर पाउन सकेका छैनन्,’ उनले भने।

उनले गोरा र काला मानिसहरूले समान मात्रामा गाँजा प्रयोग गरे पनि काला मानिसलाई गोराहरू भन्दा बढी पक्राउ गरिने र सजाय दिइने अभ्यासको पनि विरोध गरेका छन्।

Shivam cement

डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिस र महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई संघीय कानुन अन्तर्गत गाँजा कसरी अनुसूचित गरिएको छ भनेर तत्काल समीक्षा गर्न जिम्मेवारी दिने बाइडेनले निर्णय गरेका छन्। अहिले अमेरिकामा गाँजालाई लागुऔषध हेरोइनकै श्रेणीमा वर्गीकरण गरिएको छ।

प्रकाशित: Oct 07, 2022| 12:00 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।