मंगलबार, फागुन १९, २०८२

'अफगानिस्तानको अर्थतन्त्र नाटकीय रूपमा धराशायी'

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनले तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

काबुल- संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनले तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ।

त्यसो त सन् २०२१ को अगष्टमा तालिबानले सत्ता सम्हाल्नुअघि अफगानिस्तानको अर्थतन्त्र निकै सानो आकारको थियो र यसको कुल गार्हस्थ्य उत्पादन करिब २० अर्ब अमेरिकी डलर थियो।

'तर एक वर्षको अवधिमा यसले करिब ५ अर्ब डलर गुमाएको छ,’ एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीका निर्देशक कन्नी विग्नाराजाले पत्रकार सम्मेलनमा भने।

विग्नाराजाले भने, 'यो १० वर्षको सञ्चित सम्पत्ति हो, जुन १० महिनामा गुमेको छ। यस प्रकारको नाटकीय पतन हामीले संसारमा कहीँ पनि देखेका छैनौँ।'

सन् २०२१ को अगष्टदेखि आधारभूत खाद्य वस्तुको मूल्य ३५ प्रतिशतले वृद्धि भए पनि अफगानीले ६० देखि ७० प्रतिशतसम्म खर्च गर्ने गरेका छन्। योमध्ये केहीले आफ्नो आय र घरायसी आयको ८० प्रतिशत पनि खाद्यान्न र इन्धनमा खर्च गर्ने गरेका छन्।

kumari

अहिले ९५ देखि ९७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको उनले बताए। यो सङ्ख्या एक वर्ष अघि ७० प्रतिशत थियो।

प्रकाशित: Oct 07, 2022| 11:30 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।