काठमाडौं– अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ। १९ असोज बुधबार राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।
आवेदन दिनका लागि https://dvprogram.state.gov मा गएर मागिएको जानकारी प्रविष्ट गर्नुपर्नेछ। स्पोन्सरलगायत कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ।