शुक्रबार, मंसिर २२, २०८०

नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ। नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन्।
 |  बिहीबार, असोज २०, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

नाइजेरिया- नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ। नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन्।

sagarmatha cement

अधिकारीहरुका अनुसार यहाँ गएको मे महिनाबाट सुरु भएको मनसुनबाट अहिलेसम्ममा ७५ जनाको ज्यान गएको हो। यहाँ भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ती व्यक्तिको निधन भएको हो।

योबे राज्यका प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी प्रमुख मोहम्मद गोजेले दिएको जानकारीअनुसार यहाँ बाढीबाट भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ।

यहाँ बाढीबाट दुई सय जना घाइते भएका छन्। त्यस्तै अरु कैयौँ व्यक्ति हराएका पनि बताइएको छ। बाढीले यहाँका केही डुङ्गा हराएका छन् भने नागरिकको भौतिक सम्पत्तिमा क्षति पुगेको छ। 

कतिपय राज्यमा घर भत्काएको र घर बगाएको सो विपत व्यवस्थापत विभागले जनाएको छ। 

worldlink

प्रकाशित: Oct 06, 2022| 23:00 बिहीबार, असोज २०, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्