मंगलबार, फागुन १९, २०८२

नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ। नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन्।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

नाइजेरिया- नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ। नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन्।

अधिकारीहरुका अनुसार यहाँ गएको मे महिनाबाट सुरु भएको मनसुनबाट अहिलेसम्ममा ७५ जनाको ज्यान गएको हो। यहाँ भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ती व्यक्तिको निधन भएको हो।

योबे राज्यका प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी प्रमुख मोहम्मद गोजेले दिएको जानकारीअनुसार यहाँ बाढीबाट भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ।

यहाँ बाढीबाट दुई सय जना घाइते भएका छन्। त्यस्तै अरु कैयौँ व्यक्ति हराएका पनि बताइएको छ। बाढीले यहाँका केही डुङ्गा हराएका छन् भने नागरिकको भौतिक सम्पत्तिमा क्षति पुगेको छ। 

कतिपय राज्यमा घर भत्काएको र घर बगाएको सो विपत व्यवस्थापत विभागले जनाएको छ। 

kumari

प्रकाशित: Oct 06, 2022| 23:00 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।