बिहीबार, असोज १, २०८३

प्रतिकूल मौसका कारण पोखराबाट हुने उडान रद्द

लगातारको वर्षाका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

काठमाडौं- लगातारको वर्षाका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।

काठमाडौं विमानस्थलसहित नजिकका विमानस्थल निरन्तरको वर्षाका कारण उडान प्रभावित भएका छन्। जसले गर्दा भरतपुरका उडानहरु समेत प्रभावित भएको वायुसेवा कम्पनीहरुले जनाएका छन्।

बुद्ध एयरले बिहीबारका लागि पोखरामा निर्धारित सबै उडान रद्द भएको जानकारी गराएको छ। बुद्ध एयरले भनेको छ, ' प्रतिकुल मौसमका कारण उडानहरु प्रभावित भएका छन्।' 

कम्पनीका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार पोखराबाट काठमाडौंबाहेकका अन्य विमानस्थलमा भइरहेको उडान समेत बिहीबार रद्द हुन पुगेको छ।

दसैंमा टिका लगाउन घर गएका मानिसहरु जहाजमा फर्कने भएकाले अहिले  बाहिरबाट काठमाडौं आउने उडानमा बढी चाप हुन्छ।

काठमाडौंबाट बाहिर जाने यात्रुको चाप तुलनात्मक रुपमा कम हुने कर्णले जानकारी दिए।


प्रकाशित: Oct 06, 2022| 17:35 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।