काठमाडौं- डोटीमा बलात्कारको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन्।
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जोरायल गाउँपालिका–२, डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
श्रीधरले ती युवतीलाई घरनजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।