मंगलबार, साउन १२, २०८३

शनिबारसम्म नै वर्षा रहने, कहिले खुल्छ मौसम?

मंगलबारदेखि सुरु भएको वर्षा शनिबारसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबारदेखि भने मौसममा क्रमशः सुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

काठमाडौं- मंगलबारदेखि सुरु भएको वर्षा शनिबारसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबारदेखि भने मौसममा क्रमशः सुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण कतिपय ठाउँमा दैनिक जीवनयापन प्रभावित भएको छ।

अहिले मनसुन सकिने बेलामा मनसुन सक्रिय भएको महाशाखाका मौसमविद् पौडेलले बताए। 

'विशेषगरी वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी छ,' उनले भने, 'यो आइतबारबाट करिब–करिब सुधार हुँदै जान्छ। आइतबारदेखि कतिपय ठाउँमा घाम लाग्छ, कतिपय ठाउँमा बादल, पानी पनि हुन्छ। सबैतिर खुल्दैन। क्रमिक रूपमा आइतबारभन्दा, सोमबार, सोमबारभन्दा मंगलबार, यसरी कम हुँदै जान्छ।'

उनका अनुसार आइतबारदेखि कतिपय ठाउँमा लगातारको झरी रोकिने, कतिपय ठाउँमा घाम लाग्‍ने पूर्वानुमान छ। 'योबीचमा शनिबारसम्म चाहिँ एक छिन वर्षा रोकिए पनि फेरि बादल लाग्‍ने र पानी पर्ने खालको पूर्वानुमान देखिएको छ,' उनले भने।

शनिबारसम्म देशका धेरै स्थानमा वर्षा हुने उनले बताए। लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र अति भारी वर्षा पनि हुने सम्भावना रहेको उनले जानकारी दिए।

पछिल्लो २४ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा मापन गरिएको मौसमविद् पौडेलले जानकारी दिए। यो अवधिमा दाङ, बाँके, बर्दिया, कास्की, पाल्पा, गुल्मी, रसुवा, काठमाडौंलगायत क्षेत्रमा बढी वर्षा मापन गरिएको उनले बताए। अहिले पनि कतिपय क्षेत्रमा भारी वर्षा भइरहेको छ। वर्षाका कारण देशभरका विभिन्‍न स्थानमा बाढी, पहिरो र डुबान भएको छ। 

प्रकाशित: Oct 06, 2022| 15:25 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।