बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपडेट- बारा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्‍यो

अपडेट- बारा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्‍यो

बाराको अमलेखगञ्‍जमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

काठमाडौं-  बाराको अमलेखगञ्‍जमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। 

National life

प्रहरीका अनुसार हेटौंडा अस्पतामा मात्रै उपचारका क्रममा १२ जनाको मृत्यु भएको हो। चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।

इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन्। घाइते दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो। घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो।

मोडमा बस अनियन्त्रित भएर सडकबाट २० मिटर तल खोलामा खसेको हो। बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। 

प्रकाशित: Oct 06, 2022| 15:06 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।