बिहीबार, वैशाख ३१, २०८३

सन्दीप कानुनको शरणमा, अब के छ प्रक्रिया?

कतार एयरवेजको जहाजबाट बिहीबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका सन्दीपलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर हत्कडी लगायो। हत्कडीलाई रुमालले छोपेको अवस्थामा मिडियासामु देखा परे सन्दीप।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

काठमाडौं- नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन्।

National life

कतार एयरवेजको जहाजबाट बिहीबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका सन्दीपलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर हत्कडी लगायो। हत्कडीलाई रुमालले छोपेको अवस्थामा मिडियासामु देखा परे सन्दीप।

विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो। यसअघि उनले आफू नभाग्ने, प्रहरीमा आफैं आत्मसमर्पण गर्ने भन्दै आफूलाई हत्कडी नलगाउन आग्रह गरेका थिए।

कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका सन्दीपलाई विमानस्थलबाट प्रहरी भ्यानमा राखेर प्रहरी वृत्त गौशाला लगियो अनि स्वास्थ्य परीक्षणका लागि अस्पताल। उनलाई गौशालाकै हिरासतमा राखेर अनुसन्धान अघि बढाइने छ।

आफूमाथि गलत आरोप लागेको उल्लेख गर्दै उनले छानबिनमा सहयोग गर्ने लेखेका थिए फेसबुकमा। आरोपित लामिछानेले आफू विमानस्थलमा उत्रिँदा आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराइदिन प्रहरीलाई यसअघि नै अनुरोध गरेका थिए।

१७ वर्षीया एक नाबलिग किशोरीले गत भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।

गत भदौ ५ गते साँझ लामिछानेले आफूलाई नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबर्जस्ती करणी गरेको आरोप जाहेरीमा लगाइएको छ।

जाहेरीमा उल्लेख गरेका केही विषय उद्धृत गर्दै प्रहीले जारी गरेको विज्ञप्तिमा लामिछानेले किशोरीलाई भदौ ५ मा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी पुनः त्यही रात ११ः५५ मिनेटमा गौशालाको एक होटलमा ल्याई पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख छ । दुवै जना भोलिपल्ट बिहान पौने ७ बजेतिर होटलबाट बाहिरिएका थिए। जाहेरीमा किशोरीले आफूले लामिछानेसँग स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर होटलमा लगी बलात्कार गरेको बताएकी छन्।

जाहेरीलगत्तै प्रहरीले घटनास्थल (होटल) पुगेर सीसीटीभी फुटेज निकाल्नुका साथै होटल सञ्चालकसँग पनि सोधपुछ गरिसकेको छ। प्रहरीले पीडितलाई ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’मा विस्तृत स्वास्थ्य परीक्षण गराएको छ।

उक्त घटनापछि लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए। उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गए। उनी उतै हुँदा यहाँ उजुरी परेपछि उनी कानुनी प्रबन्ध मिलाउनका लागि उतै बसेर आजमात्र फर्किएका हुन्।

प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ। संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

के हुन्छ अबको प्रक्रिया?
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि पनि सन्दीप स्वदेश नफर्केपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो। यद्यपि, सन्दीप आज आफैं फर्किएका हुन्। यसको जानकारी केही दिनअघि उनले सामाजिक सञ्जालबाट दिइसकेका थिए।

इन्टरपोलको नोटिसपछि सन्दीपले पहिलोपटक फेसबुक स्टाटस लेख्दै आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने जनाएका थिए।

आफ्नो नियन्त्रणमा आएपछि सबैभन्दा पहिले प्रहरीले सन्दीपको स्वास्थ्य परीक्षण गराएको छ। उनी आज प्रहरी हिरासतमै रहनेछन्। अदालत खुल्नासाथ प्रहरीले न्यायिक हिरासतका लागि अनुमति लिनेछ। सन्दीप पक्राउ परेको २४ घण्टाभित्र प्रहरीले न्यायिक हिरासतका लागि अनुमति माग्नु पर्नेछ। सन्दीप पक्राउको कारण र अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवधिको माग गर्दै प्रहरीले अदालतमा निवेदन दिनुपर्नेछ। सोही आधारमा अदालतले न्यायिक हिरासतको अनुमति दिनेछ।

सामान्यतया अदालतले पहिलो पटक पाँचदेखि सात दिनको अनुमति दिने गरेको छ। पटकपटक गरेर २३ दिनसम्म आरोपितलाई आफ्नो हिरासतमा राख्न प्रहरीले अनुमति पाउन सक्छ।

अदालतबाट अनुमति पाएपछि घटना अनुसन्धानका लागि प्रहरीले अधिकृत तोक्नेछ भने जिल्ला न्यायाधिवक्ता कार्यालयले समेत सरकारी वकिललाई अनुसन्धान अधिकृत तोक्नेछ।

घटनास्थलको मुचुल्का तयार गर्ने, घटनास्थल (होटल) कर्मचारीको बयान, सिसीटिभी फुटेज संकलन र पीडितको स्वास्थ्य परीक्षण भने प्रहरीले गरिसकेको छ।

हिरासतमा लिएसँगै प्रहरीले सन्दीपको बयान लिनेछ। बयानलगायत प्रक्रिया सकिएपछि तोकिएको अवधिमा प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धानको प्रस्तावित रायसुझाव पठाउने छ।

त्यसकै आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेसँगै आरोपित सन्दीपलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ। आदेशपछि प्रमाण बुझ्ने, बयान लिने लगायतका प्रक्रिया सकिएपछि अदालतले दोषी या निर्दोष फैसला दिने छ।

सन्दीपका वकिल यसो भन्छन्
आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ। उनले वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए।

सन्दीप आउने खबर पाएपछि अधिवक्ता घिमिरे प्रहरी वृत्त गौशाला पुगेका थिए। त्यहाँबाट प्रहरीसँगै विमानस्थल जाने उनको योजना थियो। तर त्यसअघि नै प्रहरी विमानस्थल पुगिसकेको थियो। ‘म नआइपुग्दै प्रहरी विमानस्थलमा पुगिसकेको रहेछ। गौशालामा आएपछि भेटौं भनेर बसें तर उहाँहरुले अस्पताल लिएर आउनुभयो। भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो,’ घिमिरेले भने।

विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगेको थियो। त्यहाँबाट उनलाई गौशाला नै ल्याइएको छ। अधिवक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन्।

जाहेरी पर्दा प्रहरीले गोपनियता कायम नगरेको र सञ्चारमाध्यममा ‘एकपक्षीय’ कुरा आएकाले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेको उनले सुनाए। त्यहीकारण उनी मानसिक तनावमा समेत परेको घिमिरेले दाबी गरे।

प्रकाशित: Oct 06, 2022| 14:15 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।