बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै समातिए, हत्कडी लगाएर गौशाला प्रहरीमा लगियो

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै समातिए, हत्कडी लगाएर गौशाला प्रहरीमा लगियो

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

काठमाडौं- बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो।

National life

सन्दीपलाई प्रहरीले हत्कडी लगाएर लगेको छ। कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका सन्दीपको हातको हत्कडी लुकाउने प्रयासमा त्यसमाथि रुमाल राखिएको थियो। विमानस्थलबाट प्रहरी भ्यानमा राखेर उनलाई प्रहरी वृत्त गौशाला लगिएको छ। उनलाई त्यहीँ राखेर अनुसन्धान अघि बढाइने छ। यसअघि उनले आफू नभाग्ने, प्रहरीमा आफैं आत्मसमर्पण गर्ने भन्दै आफूलाई हत्कडी नलगाउन आग्रह गरेका थिए।

आफूमाथि गलत आरोप लागेको उल्लेख गर्दै उनले छानबिनमा सहयोग गर्ने लेखेका थिए फेसबुकमा। आरोपित लामिछानेले आफू विमानस्थलमा उत्रिँदा आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराइदिन प्रहरीलाई यसअघि नै अनुरोध गरेका थिए।

१७ वर्षीया एक नाबलिग किशोरीले गत भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।

गत भदौ ५ गते साँझ लामिछानेले आफूलाई नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबर्जस्ती करणी गरेको आरोप जाहेरीमा लगाइएको छ।

जाहेरीमा उल्लेख गरेका केही विषय उद्धृत गर्दै प्रहीले जारी गरेको विज्ञप्तिमा लामिछानेले किशोरीलाई भदौ ५ मा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी पुनः त्यही रात ११ः५५ मिनेटमा गौशालाको एक होटलमा ल्याई पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख छ । दुवै जना भोलिपल्ट बिहान पौने ७ बजेतिर होटलबाट बाहिरिएका थिए। जाहेरीमा किशोरीले आफूले लामिछानेसँग स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर होटलमा लगी बलात्कार गरेको बताएकी छन्।

जाहेरीलगत्तै प्रहरीले घटनास्थल (होटल) पुगेर सीसीटीभी फुटेज निकाल्नुका साथै होटल सञ्चालकसँग पनि सोधपुछ गरिसकेको छ। प्रहरीले पीडितलाई ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’मा विस्तृत स्वास्थ्य परीक्षण गराएको छ।

उक्त घटनापछि लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए। उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गए। उनी उतै हुँदा यहाँ उजुरी परेपछि उनी कानुनी प्रबन्ध मिलाउनका लागि उतै बसेर आजमात्र फर्किएका हुन्।

प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ। संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

प्रकाशित: Oct 06, 2022| 11:32 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।