बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुग्लिन-नारायणगढ,सुनौली-पोखरा र बेंसीसहर-चामे सडक अवरुद्ध

मुग्लिन-नारायणगढ,सुनौली-पोखरा र बेंसीसहर-चामे सडक अवरुद्ध

पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

National life
काठमाडौं- पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। पानी परिरहँदा र बाटो बन्द हुँदा दसैको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने-जानेहरु समस्यामा परेका छन्।
नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ। यसैगरी सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ-गल्याङ खण्ड पनि पहिरोले अवरुद्ध भएको छ। आज बिहान ४ बजेतिर गल्याङ-८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हाे।
त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने एकतर्फी खुलाइएको छ। निरन्तरको वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ।
मनाङको नासों गाउँपालिका-३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको हाे। खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा जोखिमपूर्ण बनेको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा नेपालमा पनि निरन्तर वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। यस्तो अवस्था अझै केही दिन जारी रहने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।

प्रकाशित: Oct 06, 2022| 09:29 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।