बिहीबार, वैशाख ३१, २०८३

आज पनि बिहानैदेखि वर्षा, यी क्षेत्रमा बाढीको अलर्ट

बडादसैं अन्तर्गत आज बिहीबार टीका ग्रहणको दोस्रो दिन। कतिपय ठाउँमा टीकाको दिन नै दसैं सकिन्छ भने कतिपयले पूर्णिमासम्मै टीका लगाउँछन्
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

काठमाडौं- बडादसैं अन्तर्गत आज बिहीबार टीका ग्रहणको दोस्रो दिन। कतिपय ठाउँमा टीकाको दिन नै दसैं सकिन्छ भने कतिपयले पूर्णिमासम्मै टीका लगाउँछन्। गाउँगाउँ पुगेकाहरु दसैं मनाएर सहर फर्कने क्रम पनि सुरु भएको छ।

National life

झरीका कारण भने आवतजावतमा भने समस्या देखिएको छ। दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेकोले यसपटक दसैं अवधिभर नेपालमा वर्षा भयो। आज बिहीवार पनि बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

'हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका विभिन्न स्थानमा धेरै भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाको पूर्वानुमान छ। 'वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ, 'सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही गण्डकी प्रदेशका थोरै, वाग्मती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ का एक दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।'

राति केही स्थानमा मौसम सुध्रिने देखिएको छ। यद्यपि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनि प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ। 'राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' बुलेटिनमा भनिएको छ, 'साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।'

यी क्षेत्रमा बाढीको अलर्ट
वर्षा जारी रहेकोले विभिन्न क्षेत्रमा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 'देशभर विगत ३ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षा भईरहेको छ। आज दिउँसो पनि देशका विभिन्नस् थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले आफ्नो ठाउँको मौसम हेरेर मात्र कार्य गर्नुहोला,' बाढी पूर्वानुमान महाशाखाले भनेको छ।

चितवन, नवलपरासी, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ र गण्डकी प्रदेशका साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Oct 06, 2022| 08:43 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।