बिहीबार, वैशाख ३१, २०८३

नारायणीमा पानीको बहाव सतर्कताको तहभन्दा माथि

नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

काठमाडौं- नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी सूचना केन्द्रको आज बिहान ७ः३० बजेको तथ्यांकअनुसार नारायणगढ र  देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो।

National life

अविरल वर्षाका कारण नारायणगढमा बिहान ७ बजे पानीको सतह १०.६१ मिटर पुगेको छ। ९.८ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह ९.८ मिटर पुगेको थियो। ११ मिटर पुगेपछि खतराको संकेत मानिन्छ।

देवघाट मापन केन्द्रमा पनि पानीको बहाव ७.४ मिटर पुगेको छ। ७(३ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। देवघाटमा ९ मिटर पानीको बहाव पुगेपछि खतराको संकेत मानिन्छ।

नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। अहिले पनि पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ। नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन्।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ। चितवन, नवलपरासीलगायत जिल्लामा रातभर पानी परेकाले नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। जिल्लाका सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ।

प्रकाशित: Oct 06, 2022| 08:29 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।