बुधबार, असार ३, २०८३

साउन र भदौमा आयात भयो करोडको तास

दसैं-तिहारमा बढी खेलिने हुँदा २ महिनामै आयात भयो १ करोड मूल्यको तास
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- दसैं-तिहारजस्ता पर्वमा तास खेल्ने चलन अद्यापि छ। सोही कारण चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामै विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको भन्सार विभागको विवरणमा उल्लेख छ।

National life

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ अवधिमा उक्त मूल्य बराबरको तास भित्रिएको हो।

विभागका अनुसार यस अवधिमा उक्त मूल्य बराबरको ६ लाख ७८ हजार वटा तास भित्रिएको छ। यसबापत आयातकर्ताले राज्यलाई ७४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार राजस्व बुझाएका छन्। सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन गत वैशाखदेखि तास आयात प्रतिबन्ध लगाएको थियो। 

तर पछिल्लोपटक प्रतिबन्ध लगाएमध्ये ६ वस्तुको आयात खुलाउँदा तास आयातसमेत खुलाइएको थियो। नेपाल भित्रिएका सबै तास छिमेकी चीनबाट भित्रिएको हो।

प्रकाशित: Oct 03, 2022| 08:57 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्