शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निजी कम्पनीलाई फर्म नवीकरण अवधि पुस मसान्तसम्म थपियो

निजी कम्पनीलाई फर्म नवीकरण अवधि पुस मसान्तसम्म थपियो

विभागले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली, २०३४ मा १४औं संशोधन गर्दै नवीकरण अवधि थपेको हो।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- उद्योग विभागले प्राइभेट फर्म दर्ता गरी नवीकरण गर्न नपाएकालाई आगामी पुस मसान्तसम्मको समय थपेको छ।

National life

विभागले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली, २०३४ मा १४औं संशोधन गर्दै सरकारले यस्तो समय दिएको हो।

प्राइभेट फर्म नवीकरण गराउन नसकेको उचित कारण खुलाएर नवीकरण गराउन पुस मसान्तसम्म निवेदन दिए उद्योग विभागबाट यस्तो फर्म नवीकरण हुनेछ।

प्रत्येक नवीकरण अवधिका लागि लाग्ने नवीकरण दस्तुरको तेब्बर दस्तुर तथा तोकिएको जरिमाना भने बुझाउनुपर्नेछ।

२० लाख रुपैयाँसम्म पुँजी भएको प्राइभेट फर्मबाट प्रत्येक वर्षका लागि २ हजार ५ सय रुपैयाँ जरिमाना तोकिएको छ। २० लाख बढी पुँजी भएको प्राइभेट फर्मबाट भने प्रत्येक वर्षको ५ हजार ५ सय रुपैयाँ जरिमाना तोकिएको छ। यो नियमावलीले प्राइभेट फर्म हकवालाका लागि नामसारीसमेत गर्न सकिने प्रावधान समटेको छ।

Shivam cement

प्रकाशित: Oct 03, 2022| 07:52 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्