शुक्रबार, असार ५, २०८३

जावेदलाई दिएको सय रुपैयाँ, जो साहिरले मृत्युपर्यन्त फिर्ता लिई गए

जादूमा काका मजाजको स्वभाव थियो, ज्यादै क्रोधपूर्ण। तर साहिरले जादूलाई छोरा जसरी हुर्काए, साथीको रूपमा ट्रिट गरे। यसरी साथी अख्तर आफ्नोमा आउने दिन साहिर बाबु–छोरा आमनेसामने हुनबाट बचाइदिन्थे। बडो अनौठो थियो, साहिर र जादूको सम्बन्ध।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

साहिर संसारबाट बिदाबारी भएर जानुभन्दा केही पहिलेको कुरा हो। म जादूको कथा सुनाउँदै छु। तर चर्चाचाहिँ साहिर लुधियानवीको हो। जादू र साहिरको सम्बन्ध निकै अजीबोगरिब थियो। 

National life

जादू जाबेद अख्तरको ‘निक नेम’ हो। हामीले प्रेमपूर्वक पुकार्ने नाम। नरम मिजासको त्यो केटो कवि मनको छ तर कहिलेकसो भने ऊमाथि पहलवानको भूत पनि सवार हुन्छ। बुबा–निसार अख्तर, मामु मजाज। त्यसमाथि सुसुरा कैफी आजमी।

बुबालाई उसले कहिल्यै प्रेम गरेन, सम्मान त कहिल्यै गर्दै गरेन। खै के कारणले हो कुन्नि! मन दुखाएको थियो। बुबाविरुद्धका गुनासाहरू नसा–नसामा मिसिएका थिए। आमा जिउँदो रहुन्जेल बुबालाई केही हदसम्म झेलेको भए पनि, आमाको मृत्युपछि भने ‘हरेक विषयमा विवाद हुन्थ्यो। अधिकांश दिनहरू घरबाट निस्किन्थ्यो र सोझै साहिरकहाँ पुग्थ्यो। जब जाबेद साहिरकोमा पुग्थ्यो, तब साहिरले थाहा पाइसकेका हुन्थे कि यसले फेरि बुबासँग झगडा गरेर आएछ। तर त्यस विषयमा उनी केही कुरा भने गर्थेनन्। किनकि, साहिरलाई थाहा थियो, बुबाको कुरा गर्नेबित्तिकै जावेद सुरुमा आक्रोशित बन्नेछ र त्यसपछि रुन सुरु गर्नेछ। साहिरलाई यो पनि थाहा थियो कि यी दुवै अवस्थामा जावेदलाई सम्हाल्नु त्यति सहज काम थिएन।

’हिँड्, केही नास्ता खा’ साहिर भन्थे। अनि नास्ता गर्दागर्दै जादू आफ्नो भँडास उताथ्र्यो। त्यसपछि त्यो रात जादू साहिरकैमा गएर काट्थ्यो।

तर कहिलेकसो भने यस्तो पनि हुन्थ्यो कि अख्तर (जावेदका बुबा) साहिरकोमा लन्चै गर्ने गरी आउँथे। साहिर र अख्तरबीच राम्रो दोस्ती थियो। अख्तर आउने दिन साहिर जावेदलाई सो कुराको जानकारी दिन्थे। जादू साहिरको कोठालाई एक फन्को नजर लगाउँथ्यो र सोच्थ्यो, यहाँ पनि शान्ति छैन। उसको बस् चलेका बेला त भनिदिन्थ्यो पनि, ‘यो बाउ हरेक ठाउँ हरेक समय हुन्छ किन?’ जादूमा काका मजाजको स्वभाव थियो, ज्यादै क्रोधपूर्ण। तर साहिरले जादूलाई छोरा जसरी हुर्काए, साथीको रूपमा ट्रिट गरे।

Shivam cement

साहिर खर्च दिँदै भन्थे, ‘जादू त्यो एरोजमा राम्रो सिनेमा चलेको छ। के पो रे त्यसको नाम? जा हेरेर आइज।’ यसरी साथी अख्तर आफ्नोमा आउने दिन साहिर बाबु–छोरा आमनेसामने हुनबाट बचाइदिन्थे। बडो अनौठो थियो, साहिर र जादूको सम्बन्ध। एक पटक त जादू रिसाएर साहिरको घरबाट पनि निस्किए। ‘मेरो बाउ पनि ममाथि यसैगरी हाँस्छ, अब तपाईं पनि? चाहिँदैन मलाई कोही। न मेरो बाउ न तपाईं।’ झगडा गरेर जादू निस्कियो। केही दिन बेपत्तै भयो। जादूमा अहं अत्यधिक थियो। नाक साह्रो लामो। कहाँ सुत्यो? के गर्यो? केही अत्तोपत्तो भएन।

जादूमा काका मजाजको स्वभाव थियो, ज्यादै क्रोधपूर्ण। तर साहिरले जादूलाई छोरा जसरी हुर्काए, साथीको रूपमा ट्रिट गरे। यसरी साथी अख्तर आफ्नोमा आउने दिन साहिर बाबु–छोरा आमनेसामने हुनबाट बचाइदिन्थे। बडो अनौठो थियो, साहिर र जादूको सम्बन्ध।

कमाल अमरोही प्रोडक्सनका व्यवस्थापक कमाल साहसँग पनि जादूको राम्रो दोस्तियारी थियो। जादू कमाल साहबकोमा पनि साँझहरू व्यतीत गर्थ्यो। प्रोडक्सन स्टोरमै सुतेर रात बिताइदिन्थ्यो। त्यो स्टोरमा जहाँ अनेकथरी प्रोडक्सनका सामान हुन्थे। मीना कुमारीका दुई फिल्मफेयर अवार्डका ट्रफी पनि त्यहीँ स्टोरमा थिए। जावेद ऐनाको अगाडि उभिएर आफैंलाई ती ट्रफी हस्तान्तरण गर्थ्यो। ट्रफी लिँदै दर्शकसामु झुकेर आभार प्रकट गरेजस्तो गर्थ्यो। यो मजेदार किस्सा उसले एक अन्तर्वार्तामा भनेको छ। जावेद सुत्नुअघि हरेक दिन रिहर्सल पनि गर्थ्यो। उसले धेरै रात स्टुडियोहरूमा बितायो। जब धेरै दिनपछि ऊ साहिरको घर गयो, उसको शिर झुकेको थियो, अनुहार मुर्झाएको थियो। साहिरले प्रेमपूर्वक बोलाए, ‘जादू।’ तर अझै जादूको रिस शान्त भइसकेको थिएन। उसले भन्यो, ‘म नुहाउनका लागि मात्रै यहाँ आएको हुँ। तपाईंलाई यदि कुनै आपत्ति छैन भने म तपाईंको बाथरुम र साबुन प्रयोग गर्न सक्छु?’ साहिरले मुस्कुराएर अनुमति दिए। भने, ‘केही खाऊ।’

‘म कतै गएर केही खाउँला, तपाईंकोमा केही खानु छैन मलाई।’

जावेद अख्तर।

त्यो दिन साहिरले जादूको ड्रेसिङ टेबल अगाडि एक सय रुपैयाँको नोट राखिदिए। तर साहिरसँग कुनै शब्द थिएनन् कि जावेदलाई कसरी त्यो एक सय रुपैयाँ राख् भन्ने। किनकि, उनी जावेदको इमानदारीका कारण त्यसरी पैसा दिन डराएका थिए। जावेदको इमानदारीको इज्जत पनि गर्थे। आखिरमा डराउँदै उनले भने, ‘जावेद यो पैसा राख्, म तँसँग पछि फिर्ता लिन्छु।’ त्यो जमानामा सय रुपैयाँ भनेको ठूलो रकम थियो। सय रुपैयाँको नोटको चेन्ज बनाउनुपरे मान्छेहरूलाई बैंक वा पेट्रोल पम्पमै जानुपथ्र्यो। जादूले साहिरलाई कृपा गरेजसरी त्यो नोट उठायो र भन्यो, ‘राख्दिन्छु, राख्दिन्छु। अनि फिर्ता पनि गरिदिन्छु स्यालरी आएको दिन।’

त्यो बेला जावेद भर्खरै शंकर मुखर्जीको एसिस्टेन्ट भएर काम गर्न थालेको थियो। पछि त्यहाँ उसको भेट सलिम खानसँग भयो। त्यसपछि जावेदले राम्रो पैसा कमाउन थाल्यो। ऊ काकाले जस्तो रक्सी पिउँथ्यो, बुबाप्रतिको भँडास उतार्थ्यो साहिरको बोल्ने स्टाइलमा। तर साहिरको त्यो एक सय रुपैयाँ भने कहिल्यै फिर्ता गरेन। हजारौं कमायो अनि पछि लाखौंको पनि कारोबार गर्यो। तर ऊ सधैं साहिरलाई भन्थ्यो– आपका सौ रुपैयाँ तो में खा गया।’

अनि साहिर पनि सधैं भन्ने गर्थे– वो तो मै तुमसे निकलवा लुंगा बेटा।’

साहिर र जादूको घोचघाचपूर्ण सम्बन्ध आखिरी दिनसम्म चलिरह्यो। 

साहिरका धेरै साथी थिएनन् तर उनलाई दोस्ती निभाउन आउँथ्यो। जतिबेला उनी कृष्ण चन्द्रको मकानमा बस्थे, त्यो बेला उनका पुराना साथी ओमप्रकाश अश्क वर्षौंसम्म बसेका थिए। रक्सी पिएपछि भने उनी अलि फरक व्यवहार देखाउँथे। एक पटक अश्कले पञ्जाबीमा साहिरलाई सोधेका थिए, ‘यार साहिर, तँ यो जाँड खाएपछि गालीगलौजमा किन उत्रिन्छस्?’ पञ्जाबीमै साहिरले जवाफ दिएका थिए, ‘अरे यार, रक्सीसँग केही चटपटाहट र छटपटाहट त चाहियो नि।’

साहिरका साथीहरूमध्ये एक थिए, डा.राज कपुर। तर उनी आफै हृदयका बिरामी थिए। साहिर जिस्किएर भन्ने गर्थे, ‘यार कपुर, म तेरामा आउँदा तँलाई हेर्न आउनुपर्छ कि आफैंलाई देखाउन?’

त्यो बेला जावेद भर्खरै शंकर मुखर्जीको एसिस्टेन्ट भएर काम गर्न थालेको थियो। पछि त्यहाँ उसको भेट सलिम खानसँग भयो। त्यसपछि जावेदले राम्रो पैसा कमाउन थाल्यो। ऊ काकाले जस्तो रक्सी पिउँथ्यो, बुबाप्रतिको भँडास उतार्थ्यो साहिरको बोल्ने स्टाइलमा।

त्यो साँझ ‘त्यो अन्तिम साँझ’, त्यो साँझ पनि त्यस्तै भयो। ती दिनहरूमा साहिरले आफ्नो घर बनाइसकेका थिए। डा. कपुर वर्षुवाको एक बंगलामा सेटल भइसकेका थिए। जादू एक चर्चित लेखक बनिसकेको थियो। पर्छाइयाँमा घर बनाएको थियो। त्यो साँझ साहिर डा. कपुरलाई भेट्न गए। डा. कपुरको हृदयमा समस्या देखिएको थियो। उनलाई भेट्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सेठ आएका थिए। रामानन्द सागर पनि त्यहीँ थिए वा पछि आएका थिए, ठीक सम्झना त छैन। साहिरले डा. कपुरको मन बहलाउन तास मगाए र उनैको ओछ्यानमा बसेर खेल्न थाले। तास बाँड्दै गर्दा डा. कपुरले जब साहिरको अनुहारमा हेरे, उनको अनुहारको भागभंगी बदलिँदै गएको थियो। साहिर आफूलाई भइरहेका पीडा लुकाएर डा. कपुरको मन बहलाउन तास खेल्ने प्रयास गरिरहेका थिए।

कपुरले साहिरलाई बोलाए, ‘साहिर’, साहिर बिस्तारामा गल्र्याम्मै ढले। डा. सेठ आए। धेरै कोसिस गरियो तर साहिरले यो संसार छाडिसकेका थिए। आफै हृदयका बिरामी डा. कपुरलाई साहिरको मृत्युका कारण घुटन भइरहेको थियो। डा. कपुरको अवस्था देखेर रामानन्द सागरले उनलाई आफ्नो घर लिएर गए। साहिरका ड्राइभर अनवर दौडिँदै आएर लासलाई सम्हाले।

यश चोपडा साहिरका नजिकका मित्र थिए। त्यसबेला उनी श्रीनगरमा थिए। यशले साहिरको मृत्युबारे जानकारी पाएपछि तुरुन्त जावेदलाई खबर गरे। ड्राइभर थिएन रहेछ, जादू ट्याक्सी लिएर आयो। त्यही ट्याक्सीमा जादूले साहिरलाई आफ्नो घर पर्छाइयाँमा लिएर आयो। अनवर र ट्याक्सी चालकको मद्दतले साहिरलाई माथि ल्यायो, आफू बसेको पहिलो तलामा। त्यतिबेला जावेद एकदमै मौन थियो। तर घर पुगेपछि जावेद साहिरलाई अँगालेर यसरी रोयो, त्यसरी ऊ जीवनमा कहिल्यै रोएको थिएन÷छैन। रातको १ बजिसकेको थियो। के गर्ने? कहाँ जाने? कसलाई बोलाउने? जादूले केही गरेन। साहिरको शवसँग एक्लै बसिरह्यो।

छिमेकीहरू आए। एक छिमेकीले भने, ‘एकछिनमा लास कक्रिन थाल्छ। दुवै हात छातीमा लिएर बाँधिदिनुस्। पछि गाह्रो हुन्छ।’ जादू अविरल रोइरह्यो। अरू मान्छेले जे–जे भने, त्यही गर्दै गयो।

रात ढल्कियो, बिहान भयो अनि जादूले फोन गर्न थाल्यो। साहिरको मृत्युको खबर फैलिएसँगै साथीभाइहरू आउन थाले। ‘बस्नका लागि च्यादर निकाल्नुस्, यहाँबाट कुर्सी हटाउनुस्, उता ढोका खोल।’ केटाकेटीजस्तो जादू एकतमास रोइरह्यो र अरूले जे–जे भने त्यही गर्दै गयो। 

दाहसंस्कारको व्यवस्था मिलाउन जब ऊ तल झर्यो, देख्यो ट्याक्सी चालक त त्यहीँ उभिएको छ। 

‘ओहो! किन नभनेको? कति पैसा थियो।’

चालक एक महान् व्यक्ति थिए। तुरुन्त हात जोडेर उनले भने, ‘हैन साहेब, म पैसाका लागि रोकिएको होइन। मध्यरातको यस्तो अवस्थामा तपाईंहरूलाई छाडेर जानु मैले उचित नठानेर हो।’

जादूले खल्तीबाट पैसा निकाल्यो।

ट्याक्सी चालकले फेरि भने, ‘भयो सर, पर्दैन। रहन दिनुस् सर।’

जादूले चिच्चाएर भन्यो, ‘ये लो रखो सौ रुपए। साहिर तु ने मर के भी निकलवा लिये रुपए अपने!’

त्यसपछि जादू चिच्चाइचिच्चाइ रोयो। यो साहिरको अर्थी उठ्नुभन्दा केही समयअघिको कुरा हो।

(भारतका चर्चित कवि साहिर लुधियानवीमाथि कवि तथा फिल्म निर्देशक गुलजारले हिन्दी साहित्यिक पत्रिका नयाँ ज्ञानोदयमा लेखेको संस्मरण। यसलाई नेपालीमा काशीराम बजगाईंले भावानुवाद गरेका हुन्।)

प्रकाशित: Oct 07, 2022| 12:37 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।