शुक्रबार, मंसिर १९, २०८२

त्यसैले देवेन्द्र बब्लुको दसैं काठमाडौंमै

माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता चर्चित गीत गायक देवेन्द्र यसपालिको दसैं बिदामा सांगीतिक यात्रामा हुनेछन्।
 |  सोमबार, असोज १७, २०७९

राज सरगम

राज सरगम

सोमबार, असोज १७, २०७९

काठमाडौं- गायक देवेन्द्र बब्लु दसैं नजिकिएसँगै गाउँ जाने योजना बनाउँथे। दसैं खर्चका लागि पैसाको जोहो गर्न लाग्थे । दसैंमा घर जाने दिन जुराउनका लागि साथी–भाइ तथा आफन्तलाई फोन गर्थे।

National life

भेटिएका साथीलाई टिकट काट्न भन्थे। नयाँ नोटको जोहो गर्न साथीहरूसँग अनुरोध गर्थे। पैसा भएसम्म घरमा लत्ताकपडा किन्ने नत्र आफंैलाई गतिलो लुगा किनमेल गरेर झोला मिलाउँथे। ‘दसैं नजिकिएपछि गाउँ फर्किने ध्यान हुन्थ्यो। त्यसको व्यवस्थापन गर्न एक महिना अगाडिबाट थालिन्थ्यो’, अघिल्ला वर्षमा गाउँ फर्किंदाका क्षण सम्झिए, उनले। 

हरेक वर्ष दसैं मनाउन काठमाडौंबाट बाग्लुङ पुग्ने देवेन्द्र यसपालि गाउँ जाँदैनन्। किनकि, उनका दाजु गायक प्रकाश सपुतले २०७६ मा काठमाडौंमा घर किने। बाआमालाई काठमाडौंमै ल्याए। दाजुको घर आफ्नै घर भनेझैं देवेन्द्र पनि काठमाडौंबासी भए। उनी भन्छन्, ‘दाइले घर किनेर बाआमालाई यता ल्याइसक्नुभयो । बाआमा यतै भएपछि दसैं पनि यतै मनाइन्छ।’

बाग्लुङ धम्जापोखरीडाँडा स्थायी घर भएका देवेन्द्र काठमाडौंमा दसैं मनाउने भएपछि खासै धपडीमा छैनन्। किनमेल पनि आखिरी घडीमा गर्न सकियो। टिकट काट्ने चिन्ता पनि भएन। तर दसैंमा गाउँ फर्किने लतको तलतल भने नछुटेको बताउँछन्, उनी । ‘दसैं भन्नेबित्तिकै गाउँ नै सम्झिने लत छ। विदेशबाट स्वदेश फर्किने, सहरबाट गाउँ फर्किने भएकाले गाउँ बढी मिसिङ हुन्छ। 

अघिल्लो दुई वर्ष कोरोनाको भयले दसैंमा खासै रमाइलो भएन। पहिलो वर्ष २०७६ को दसैं कोरोनाले बिथोल्यो २०७८ मा जुठो परेकाले देवेन्द्रले दसैं मनाएनन्। गाउँमा पनि भनेजति आफन्त भेला भएनन्। जमघट पातलियो।

Laxmi sunrise bank
kumari
माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता चर्चित गीत गायक देवेन्द्र यसपालिको दसैं बिदामा सांगीतिक यात्रामा हुनेछन्। 

तर २०७९ को दसैं देवेन्द्रको सहर केन्द्रित हुने भएको छ। उनी भन्छन्, ‘गाउँको प्रकृति नै दसैंको आकषर्ण हो। छुटेका साथीहरू भेट्ने मौका दसैंले जुटाउँछ। त्यसैले पनि गाउँ मिसिङ हुन्छ।’

 बाआमाको हातको टीका थाप्न गाउँ जाने बानी परेका देवेन्द्रले यसपालि सहरकै घरमा बाआमाको हातको टीका थाप्नेछन्। ‘सहरकै घरमा पहिलो पटक बाआमाको हातको टीका थापेर दसैं मनाइँदै छ’, उनले भने। 

माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता हिट गीतका गायक देवेन्द्र यसपालिको दसैं बिदामा केही म्युजिकल यात्रामा हुनेछन्। भन्छन्, ‘केही सांगीतिक कार्यक्रमपछि काठमाडौंमै दसैं मनाइन्छ।’ आफ्नै निवासमा दाजुभाइ र बाआमासँग रमाउने सोचमा छन्, उनी। 


प्रकाशित: Oct 03, 2022| 16:30 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।