सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • चालक र काउन्टरको मिलेमतोमा ठगी, बोनट र प्यासेजमा बसाएर डिलक्स भाडा

चालक र काउन्टरको मिलेमतोमा ठगी, बोनट र प्यासेजमा बसाएर डिलक्स भाडा

यातायात व्यवस्था विभागको नियम अनुसार सवारी साधनको ब्लुबुकमा उल्लेख गरिएको भन्दा बढी सिटको टिकट बेच्न पाइँदैन। तर, चालक र सहचालकको मिलेमतोमा बोनटको टिकट कटाएर प्यासेजमा यात्रा गराइन्छ।
 |  मंगलबार, असोज ११, २०७९

भीमा पन्थी

भीमा पन्थी

मंगलबार, असोज ११, २०७९

काठमाडौं- दसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चहलपहल बढ्दो छ। बसपार्कमा अग्रिम टिकट लिनेको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भाडामा मोलमोलाई गर्ने गिरोह पनि झनै सक्रिय बनेको छ।

National life

चाडपर्वको समयमा गन्तव्यमा जानैपर्ने यात्रुको बाध्यतालाई मौका बनाउँदै ठगी हुने गरेको छ। जानैपर्ने बाध्यतामा भएका कारण व्यवसायीले भनेकै मूल्यमा यात्रा गर्नैपर्ने अवस्था रहेको यात्रुको गुनासो छ। 

यातायात व्यवस्था विभागले काठमाडौं-धनगढी एकतर्फी गाडीभाडा १ हजार ९६२ र डिलक्समा २ हजार ३५५ रुपैयाँ कायम गरेको छ। तर, सवारी चालक र टिकट काउन्टरका कर्मचारीको मिलेमतोमा उक्त यात्राको लागि २ हजार ७४५ रुपैयाँसम्म टिकट काटेको पाइएको छ।

धनगढी जान लागेका एक यात्रुले २ हजार ७ सय तिरेर टिकट लिएको बताए। 'काउन्टरबाटै काटेको टिकटमा फस्यौँ होला भन्ने महसुस नै भएन,' उनले भने। 

काठमाडौं-बर्दिया एकतर्फी गाडीभाडा १ हजार ६२१ र डिलक्समा १ हजार ९ सय ६४ रुपैयाँ सरकारले निर्धारण गरेको छ। तर बर्दिया जान लागेका एक यात्रुले एक जनाका लागि २ हजार ४५० रुपैयाँमा टिकट लिएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 27, 2022| 20:40 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्