बुधबार, असोज ७, २०८३

४५६ पूर्वाधार योजनामा करिब ३ अर्ब बजेट खर्चिइँदै

सडक र पुल निर्माणको कार्यान्वयनमा रहेका १३ वटा बहुवर्षीयसहित थप आएका ४५६ योजनालाई २ अर्ब ९५ करोड बजेट प्राप्त भएको हो।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

नुवाकोट– नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटले दुई जिल्लामा ४५६ योजना कार्यान्वयन गर्ने भएको छ। त्यसका लागि चालू आर्थिक वर्षमा करिब ३ अर्ब बजेट प्राप्त भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार वज्राचार्यले बताए।

उनका अनुसार सडक र पुल निर्माणको कार्यान्वयनमा रहेका १३ वटा बहुवर्षीयसहित थप आएका ४५६ योजनालाई २ अर्ब ९५ करोड बजेट प्राप्त भएको हो। ‘बहुवर्षीयअन्तर्गत ९ सडक र चार पक्की पुललाई निरन्तरता दिन थप बजेट आएको छ,’ उनले भने, ‘अधिकांश योजना एक आवका लागि प्राप्त भएकाले अब सुरु गरेर समयमै सम्पन्न गर्न प्रक्रिया अघि बढाउन लागेका छौं।’ 

प्राप्त बजेट, योजना तथा कार्यक्रमअनुसार बहुवर्षीयअन्तर्गत ९ योजनामा ५७ करोड, सहरी तथा स्थानीय सडकका ३४८ योजनामा ८८ करोड १० लाख, सडक मर्मत–सम्भार र सुरक्षा तथा अन्य पूर्वाधारका २२ योजनामा ३ करोड ८० लाख र सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १५ योजनामा ४ करोड १४ लाख प्राप्त भएको छ।

सम्भावित प्रादेशिक सडक चार योजनालाई ६ करोड, प्रादेशिक सडक एवं झोलुंगे पुलका ४० योजनालाई १८ करोड ११ लाख, सम्भावित रणनीतिक सडक तीन योजनालाई ४ करोड ५० लाख र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका १७ योजनालाई ११ करोड बजेट प्राप्त भएको छ।–रासस

प्रकाशित: Sep 24, 2022| 13:23 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्