बुधबार, असार ३, २०८३

'न्युड सुपेरियर भोड्का' नेपाली बजारमा

'दि नेपाल डिस्टिलरिज’ले ‘न्युड सुपेरियर भोड्का' बजारमा ल्याएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रका 'न्युड सुपेरियर भोड्का' अनावरण गरिएको हो।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- 'दि नेपाल डिस्टिलरिज’ले ‘न्युड सुपेरियर भोड्का' बजारमा ल्याएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रका 'न्युड सुपेरियर भोड्का' अनावरण गरिएको हो।

National life

'न्युड सुपेरियर भोड्का' नेपालको पहिलो राइसबेस्ड भोड्का भएको दाबी कम्पनीको छ। राइसबेस्ड भएका कारण यसमा प्राकृतिक मिठास पाउन सकिने कम्पनीले जनाएको छ। 

यस्तै चिनी मिश्रण नभएको र ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषता रहेको छ। 'विभिन्न स्पिरिटमध्ये भोड्का एक 'फन स्पिरिट' हो। यस्तो पेयमा मुख्यतया युवाहरुको बढी रुचि देखिन्छ। नेपाली युवाहरु गतिशील छन् र केही न केही गुणस्तरीय एवम् समसामयिक, मौलिक स्वाद मन पराउँछन्,' कम्पनीले भनेको छ, 'त्यस्ता चाहनाहरूलाई समेत सम्बोधन गर्दै नेपाली बजारमा उच्च कोटीको भोड्काको रूपमा 'न्युड सुपेरियर भोड्का' ल्याइएको हो।'

यसका अतिरिक्त स्मुथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी ‘न्युड सुपेरियर भोड्का’ तयार पार्ने गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शतप्रतिशत स्थानीय सामग्रीहरु प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रिय स्तरका ब्लेण्डर क्रिस्टोफर आम्र्सले 'न्युड सुपेरियर भोड्का' डिजाइन गरेको हो। 

उक्त भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव नहुने बताइएको छ। उक्त भोड्कालाई विशेष र विश्वस्तरीय रुपमा विकास गर्ने कामको सुरुवात सन् २०१९ बाट नै भएको थियो।

Shivam cement

'न्युड सुपेरियर भोड्का'को विकास गर्नुअघि आम उपभोक्ता र रेष्टुरेन्टहरुमा व्यापक परीक्षण र प्रतिक्रियाका श्रृंखलाहरू सञ्चालन गरिएका कम्पनीले उल्लेख गरेको छ। स्वाद र गुणस्तरजस्तै 'न्युड सुपेरियर भोड्का'को प्याकेजिङ पनि विशेष रहेको 'दि नेपाल डिस्टीलरिज'का महाप्रबन्धक शुभाष लामिछानेले बताए। यस भोड्कालाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएकोले लिक्विडलाई थप प्रष्टता दिने बताइएको छ। 

प्रकाशित: Sep 23, 2022| 16:24 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्