मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवाको लखपति योजनाको विजेता घोषणा, इलामका अनुपमले पाए १ लाख नगद

इसेवाको लखपति योजनाको विजेता घोषणा, इलामका अनुपमले पाए १ लाख नगद

भुक्तानी सेवा प्रदायक ‘इसेवा’ले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाको विजेता घोषणा गरेको छ। इलामका अनुपम पोखरेललाई इसेवाले उक्त योजनाको विजेता घोषणा गरेको हो।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- भुक्तानी सेवा प्रदायक ‘इसेवा’ले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाको विजेता घोषणा गरेको छ। इलामका अनुपम पोखरेललाई इसेवाले उक्त योजनाको विजेता घोषणा गरेको हो।

उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेपछि १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका हुन्। इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो।

उक्त योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार रुपैयाँ नगद जित्न सफल भएका छन्। साथै पोखरेलले बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्स्को इलाम शाखाले समेत नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ। विजेताहरूलाई शुक्रबार एक कार्यक्रमका बिच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरेका हुन्।

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद १ २ हजार रुपैयाँ जित्न सफल भएका छन्। इसेवाले हरेक हप्ता गोला प्रथामार्फत साप्ताहिक विजेता चयन गरेको थियो।

नगद हस्तान्तरण कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी सुभास सापकोटाले भने,‘ हामीले बीमितहरुले घरमै बसेर बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सञ्चालन गरेका थियौँ। यसमा आम बिमितहरुको उत्साहजनक सहभागीता रह्यो। यसले हामीलाई थप हौसला प्रदान गरेको छ। आगामी दिनमा पनि हामीले बीमा क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप योजनाहरु सार्बजनिक गर्नेछौँ।’

योजना अवधिभर इसेवामार्फत ४ अर्ब बढिको कारोबार भएको योयो। यस अवधिमा ६० वटा भन्दा धेरै बिमा शुल्क इसेवा मार्फत भुक्तानी भएका थिए।


प्रकाशित: Sep 23, 2022| 16:24 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्