बुधबार, असार ३, २०८३

एभरेष्ट बैंकको मोबाइल एपबाटै बिनाधितो ऋण लिन सकिने

एभरेष्ट बैंकले ‘ई-पैंचो फोन लोन’ सेवा सुरु गरेको छ। योसँगै बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले एपमार्फत नै बिना धितो दुई लाखसम्म कर्जा लिन सक्नेछन्।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- एभरेष्ट बैंकले ‘ई-पैंचो फोन लोन’ सेवा सुरु गरेको छ। योसँगै बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले एपमार्फत नै बिना धितो दुई लाखसम्म कर्जा लिन सक्नेछन्।

National life

ई-पैंचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ। यसमा एक महिनाभित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

यसमा ग्राहकको योग्यता मापनमा विभिन्न प्यारामिटरको प्रयोग गरिएको छ। बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिनेछ।

साथै यसमा आफुले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ। ई–पैंचो फोन लोनका लागि योग्य ग्राहकहरुले कुनैपनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा  ‘बाई नाउ, पे लेटर’ सुविधा प्रयोग गर्नसक्ने छन्।

यी सेवा लिनका लागि ग्राहकले प्रमाणित ईमेल ठेगानाको साथै ई–पैंचो फोनलोनमा दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ। योग्य मानिएका ग्राहकहरुको मोबाइल एपमा ई–पैंचो लोन फोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि ईमेल प्रमाणीकरण गर्नुपर्ने हुन्छ।

Shivam cement

ईमेल प्रमाणीकरण भएसँगै ग्राहकले रियल टाइममै बिना धितो कर्जा लिन सक्ने छन्। ‘नेपालमा कर्जा पाउनु निकै कठिन छ,’ बैंकका रिटेल एण्ड एसएमई क्रेडिट प्रमुख विष्णु ज्ञवाली भन्छन, ‘कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकलाई ई–पैंचो फोन लोन मार्फत कर्जा उपलब्ध गराउन लागेका छौं।

ई–पैंचो फोन लोन सेवा मार्फत कर्जा लिन र भुक्तानी गर्न ग्राहकहरुले कुनै चिन्ता लिनुपर्ने छैन। ग्राहकले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्ने छ, बाँकी सबै काम हामीले गर्ने छौं।’

प्रकाशित: Sep 23, 2022| 14:49 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्