बुधबार, असार ३, २०८३

आइएमई पेले बढायो ब्याजदर

एकमात्र ब्याज दिने वालेट आइएमई पेले यस महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ। साविकमा रहँदै आएको ६.०३ प्रतिशतको ब्याजदर बढाएर ७.१३ प्रशित कायम गरिएको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- एकमात्र ब्याज दिने वालेट आइएमई पेले यस महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ। साविकमा रहँदै आएको ६.०३ प्रतिशतको ब्याजदर बढाएर ७.१३ प्रशित कायम गरिएको छ।

National life

प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्नेछन्। प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा १ हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्नेछन्।

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ। यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने विश्वास लिइएको छ।

यसका साथै ग्राहकहरुले यस दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोवार गरेर बम्परमा राफ्ट वारिअरको इ स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउनेछन्।


प्रकाशित: Sep 23, 2022| 14:45 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्