काठमाडौं- एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ।
यी प्याकहरु शुक्रबार (असोज ०७) देखि लागू हुनेछन्। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्नेछन्।
भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन्।
१ दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र ५५ रुपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन्। त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले २४९ रुपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन्।
आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहित मात्र ७४९ रुपैयाँमा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन्।
ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन्। त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इी भ्वाइस प्याकहरु सुचारु गर्न सक्नेछन्।
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु संचालनमा ल्याएको एनसेलले जनाएको छ। भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजसँग सुलभ दरमा कल गर्न सकिने गरि ग्राहकहरुका लागि चाडपर्वको अवसरमा यी प्याकहरु ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ।