मंगलबार, असोज ६, २०८३

३० प्रतिशत बढ्यो महानगरको राजस्व संकलन

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि राजस्व संकलन वृद्धि भएको हो। 'गएको वर्षहरुमा पनि पत्राचार भएको हो। तर, करदाताले टेरेका थिएनन्,' उनले भने।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- चालु आर्थिक वर्षको असोज ५ गतेसम्ममा काठमाडौं महानगरले १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष असोज ५ सम्ममा १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ राजस्व महानगरले संकलन गरेको थियो। यो गत वर्षका तुलनमा यस वर्ष २९.८५ प्रतिशत बढी राजस्व संकलन भएको महानगरको तथ्यांकले देखाएको हो। 

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि राजस्व संकलन वृद्धि भएको हो। 'गएको वर्षहरुमा पनि पत्राचार भएको हो। तर, करदाताले टेरेका थिएनन्,' उनले भने। 

यसअघि मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकलाई पत्राचार गरेपछि चालु आर्थिक वर्षको यस अवधिसम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरेका छन्। यसैगरी करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर तिरेका छन्। 

यस्तै बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा. अधिकारीको भनाइ छ। पत्राचार गरिएकामध्ये व्यवसाय करतर्फ १८ लाख रुपैयाँ कर असुली भएको छ। 

'नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ। यसमध्ये विद्युत प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्छ,' डा. अधिकारीले भने। 

प्रकाशित: Sep 22, 2022| 19:05 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्